श्रीमान र श्रीमतीको परीक्षा !
बिबाह गरेको केहि बर्ष पछि श्रीमती लाई बिचार आयो कि यदि उनी आफ्नो श्रीमान लाई छाडेर अन्तै गएपछि श्रीमानले कस्तो महसुस गर्लान् ।यो बिचार उनले कागजमा लेखिन: “अब म तपाईंको साथमा यो भन्दा बढी बस्न सक्दिन , म तपाईं बाट दिक्क भैसकेको छु आज घर छाडेर सदाको लागि गएँ तपाईंको जिबनबाट ।”त्यस कागजलाई उनले टेबलमा राखिन र जब श्रीमान घरमा प्रवेश गरे श्रीमानको प्रतिक्रिया हेर्नको लागि उनी बेड मुनि लुकिन ।…श्रीमान कोठामा आए .. र उसले टेबलमा राखेको कागज पढ्न थाल्यो ।
केहि समयको मौनता पछि उसले त्यस कागजमा केहि लेखे… ।त्यसपछि उ खुशी हुँदै सुइसालो बजान थाल्यो, गित गाउन थाल्यो , नाच्न थाल्यो र कपडा चेन्ज गर्न थाल्यो ।कपडा फ़ेरिसकेपछि आफ्नो मोबाइल बाट कसैलाई फ़ोन लगाएर भन्यो: “आजबाट म स्वतन्त्र भएँ ” सायद मेरो मूर्ख श्रीमती लाई आभास भयो कि उ मेरो लायककी छैन भनेर ।आज उ घर छाडेर सदाका लागि गइ…. त्यसैले आज म खुशी छु ।तिमिलाई भेट्नको लागि म आउँदै छु , कपडा चेन्ज गरेर .. तिमी तयार भएर आफ्नो घर अगाडिको चोकमा बस । अहिले नै म यहाँबाट हिडे तिमी आइहाल । …
श्रीमान घरबाट बाहिर निस्के, आँखाभरि आँसु पारेर श्रीमती खाट मुनिबाट निस्किइन । र काप्दै गरेको हातले कागजमा लेखिएको लाइन पढ्न थालिन , जसमा लेखिएको थियो ; खाट मुनिबाट खुट्टा देखिइ रहेको छ ।बाहिर चोकबाट पाउरोटी ब्रेड किनेर ल्याउछु तिमी दुध हालेर मीठो चिया बनाउ .. मेरो जिन्दगीमा खुशी सिर्फ तिम्रो बाहानाले गर्दा हुन्छ र आधी तिमिलाई तड्पाएर हुन्छ भने , आधी तिमिलाई नचाएर हुन्छ मेरो नट्खटी श्रीमती ज्यु ।।केटीएम दैनिक