समाचार

खुशीको खबर: काठमाडौं उपत्यकामा रहेका शक्तिपीठहरु शनिबारदेखी खोल्ने तयारी:

कात्तिक १ गते अर्थात शनिबारदेखी काठमाण्डौ उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपीठहरु खोल्ने तयारी भइरहेको छ ।

कोरोनाका कारण बन्द रहेका सबै शक्तिपीठहरु आउँदो कात्तिक १ गते खोल्ने तयारी गरिएको हो । कोरोना संक्रमण फैलने जोखिम बढेपछि सरकारले गएको चैत ११ गतेदेखि नै देशरभरीकै मन्दिर बन्द गरेसँगै मुख्य शक्तिपीठहरुमा नियमित पूजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ ।

दशैँको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता भएकाले खोल्न लागिएको हो ।तर सरकारले भने यसबारेमा कुनै निर्णय गरेको छैन ।

Related Articles

Back to top button