समाचार

धनकुटामा ब’ला’त्’का’र’को प्रयास गर्ने पुरुषको गरिन् महिलाले ह’त्या !

धनकुटा खबर ।आफुलाई ब लात्कार गर्न खोज्ने पुरुषलाई धनकुटाकी एक महिलाले खुकुरी प्र’हार गर्दा उक्त पुरुषको मृ त्यु भएको छ ।

जिल्लाको महालक्ष्मी नगरपालिका १ कि ३० वर्षकी कमला गुरुङ्ले आफुलाई व लात्कार गर्न आएका सोही स्थानका लिल वहादुर गुरुङ्लाई प्रतिकार स्वरुप खुकुरी प्र’हार गर्दा उनको मृ त्यु भएको हो । लिल वहादुरले व लात्कार गर्न खोजेपछि जोगिने प्रयासमा महिलाले खुकुरी प्र’हार गर्दा लिल वहादुरको मृ त्यु भएको देखिएको प्रहरीले जनाएको छ ।

झण्डै डेड वर्ष अघि श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा विदेश गएपछि आफ्नो छोरा सँग घरमा वस्दै आएकी ती महिला माथि मंगलवार राती ब लात्कारको प्रयास भएको थियो । रातको समयमा लिलवहादुरले कमलाको घरमा गई ढोका खोल्न भनेको तर भित्रबाट ढोका नखोले पछि जवर्जस्ति ठेलेर ढोका खोलि आफुलाई ब लात्कार गर्न खोजेको ती महिलाले प्रहरीलाई वयान दिएकी जिल्ला प्रहरी कार्यलय धनकुटाका एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

सोहि क्रममा खुकुरी भेटेर हानेपछि लिलवहादुर भागेका ती महिलाले वताएकी छिन । लिल वहादुर भागेपछि ती महिला पनि आफन्तकोमा गएर वसेको र रातीको घटनापछि के भएछ भनेर वुधार विहान आफन्त सँग खोजी गर्दा लिलवहादुरको शव खोल्सिमा फेला परेको जनाईएको छ ।मृ तकको शव पोष्मार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको जिल्ला एसपी अधिकारीले वताउनुभयो। उहाँका अनुसार घटनामा संलग्न महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उहाँको भनाई छ ।

 

Related Articles

Back to top button