समाचार
२० करोड डलर ऋण लिने निर्णयबाट सुरु गरे नव नियुक्त अर्थमन्त्री विष्णु पौडेलले आफ्नो कार्यकाल
नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि विश्व बैंकबाट २० करोड डलर सहुलियत ऋण लिने निर्णयमा उनले हस्ताक्षर गरेर आफ्नो कार्यकालको सुरुवात गरेका छन् ।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएलगत्तै अर्थ मन्त्रालय पुगेर पौडेलले पदबहाली पदबहाली गरे । पदबहालीका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, महालेखा नियन्त्रक मधुकुमार मरासैनी, राजश्व बोर्डका अध्यक्ष महेश दाहाल, भन्सार विभागका महानिर्देशक सुमन दाहाललगायत उपस्थित भए रहेका थिए ।
त्यस्तै, नवनियुक्त अर्थमन्त्रीलाई बधाइ दिन नेकपाका सांसदहरू पनि मन्त्रालय पुगेका छन् । पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीबाट बुधबार अर्थ मन्त्रीमा नियुक्त भएका हुन् ।