सोचे जस्तो सुख र लाभ भएको छैन भने नागदोषले खतरा पर्न सक्छ,यस्ता छन् संकेतहरु।अनिवार्य पढ्नुहोस
हाम्राे शरीरमा सकारात्मक तरङ्ग संगै नकारात्मक तरङ्ग ह रुपनि प्रवाहित भैरहेका छुन्छन । राम्राे समय र ग्रहहरु पनि मिलेर बसेकाे अवस्थामा नकारात्मक भन्दा सकारात्मक तरङ्ग धेरै प्रवाह हुन्छ भने कुण्डलीमा ग्रहकाे अवस्था पनि मिलेकाे छैन समय पनि खराब चलेकाे छ भने सकारात्मक भन्दा नकारात्मक तरङ्ग हाम्राे शरीर तथा बसाेवास गर्ने छेउछाउमा धेरै नै सकृय अवस्था रहिरहन्छ ।
यसमा पनि हामी वसाेबास गरेकाे भूमिमा नागकाे बासस्था न रहेकाे छ र नागकाे लागि गर्नु पर्ने प्रकृया यदि हामिले पू रा गर्न सकेका छैनाै भने यसकाे प्रभाव नकारात्मक रुपमा धेरैहुने शास्त्रमा उल्लेख गरिएको छ । हामीले भवन निर्माण गर्दा नागकाे वासस्थानका आधारमा यदि बनाइएकाे छैनाै भने यसकाे प्रभाब घर बनाउन सुरु गरेपछि देखा पर्न सुरु गर्दछ ।
घरकाे मुख्य व्यक्ति अचानक बिमारी हुनु, कुनै दुर्घटनामा परेर अंग भङ्ग हुनु या मृत्यु हुनु, शरीरको दायाँ तथा बायाँ भाग पालैपालाे केहि दिनकाे अन्तरालमा दुख्नु, मानसिक समस्या देखा पर्न सुरुहुनु जस्ता लक्षण देखा परेमा तुरुन्तै बिज्ञकाे सल्लाह अनुसार नागकाे पुजागर्नुपर्ने बिधान रहेकाे छ ।
यसरी नागदाेष पुजागरेमा क्षेमा पुजा गरेमा यसकाे दाेष कम भएर सकारात्मक प्रभाह धेरै हुने छ ।हरेक महिनामा नागकाे शिर फरक फरक दिशामा हुने गर्दछ । यहीँ दिशा काे आधारमा नागकाे वर्ग छुट्याउन सकिने पनि उल्लेख गरिएको छ । विशेषगरी सेती र काली नाग गरि दुई प्रका रका नाग मानिसको जग्गामा बसाेबास गरिएको हुन्छ ।भदौं, आश्विन र कार्तिक महिनामा नागकाे शिर पुर्व दिशामा हुन्छ । मंसिर,पुस तथा माघ महिनामा दक्षिण दिशामा नागकाे शिर रहने पनि उल्लेख गरिएको छ । फागुन,चैत तथा वैशाख महिनामा पश्चिमा नागकाे शिर हुने गर्दछ । जेठ, आषाढ तथा श्रावण महिनामा उत्तरमा नागकाे शिर रहने शास्त्रमा उल्लेख गरिएको छ । श्रावण १० गते नाग पञ्चमीका दिन नागकाे शिर उत्तरमा रहने छ । उत्तर शिर बनाएर नागकाे पुजा गरे शुभ मिल्ने उल्लेख गरिएको छ ।
यदि मानिस जन्मिएको समयमा राहु तथा केतु ग्रहकाे परि धिभित्र अरुग्रहहरु बसेकाे अवस्था नागकाे दाेष हुने छ । यदि समस्त ग्रहहरुकाे स्थिति दायाँ भएकाे अवस्थामा भए मा नकारात्मक भन्दा पनि सकारात्मक फलमा वृद्धि हुने छ । यदि समस्त ग्रहहरु बायाँ भएमा यसकाे प्रभाव धेरैनै नकारात्मक हुने उल्लख गरिएको छ ।
यसमा पनि अशुभ याेग जस्तै पितृ दाेष, सकट याेग, ग्रहण याेग,गुरुचाण्डाल याेग, मंगलीक याेग लगाएतका याेगमा जन्म भएमा यसकाे प्रभाव धेरै नकारात्मक हुनेहुदा बिधि पुर्व क नागकाे पुजा गरेमा यसकाे दाेषमा कमि आउने उ ल्लेख गरिएको छ ।नागकाे दाेष भएकाे जग्गामा बसाेबास गर्ने मानिसहरकाे हरेक प्रकारका कार्यमा बाधा अवराेध हुने पनि उल्लेख गरिएको छ । यदि विधिपुर्वक नागकाे पुजाग रेमा हरेक प्रकारका नाग दाेषहरु शान्ति हुने उल्लेख गरि एको छ।