तपाईको ओठ कालो बनाउँछ यी ६ गल्तीले गर्दा..
काठमाडौं । महिला होस् वा पुरुष । आफ्नो ओठ गुलाबी होस् भन्ने चाहाना सबैको हुन्छ । तर, हामी जानअनजान केही यस्ता गल्ती गर्न पुग्छौं, जसले ओठ कालो बनाइरहेको हुन्छ ।
जान्नुहोस्, ती ६ गल्ती
बढी कफी पिउनु : दिनभरमा १/२ पटक कफी पिउनु ठीकै मानिन्छ। तर, त्योभन्दा बढी मात्रामा कफी पिउनाले यसमा रहेको क्याफिनले ओठलाई विस्तारैविस्तारै कालो बनाउँदै लग्छ।।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **
कम पानी पिउनु : कम पानी पिउनाले डिहाइड्रेसन हुन्छ । यही कारण ओठ सुक्न थाल्छ र कालोपन आउन थाल्छ।
दाँतले टोक्नु : केही व्यक्तिको दाँतले ओठ टोक्ने वा रगड्ने बानी हुन्छ। यसो गर्नाले ओठमा सुख्खापन आउन थाल्छ र ओठमा कालोपन आउन थाल्छ।
धुम्रपान : चुरोटमा रहेको निकोटिनले ओठको छालालाई डढाईदिन्छ। यसले ओठ कालो हुन थाल्छ।
एन्टिबायोटिक औषधि : लामो समयसम्म एन्टिबायोटिक औषधि खाइरहेमा शरीरमा यसको नराम्रो असर पर्न थाल्छ र ओठ कालो हुँदै जान्छ।
रासायनिक पदार्थ : रासायनिक लिपिस्टिक वा लिप बाल्म लगाउनाले ओठमा नराम्रो असर पर्छ र ओठमा कालोपना आउन थाल्छ