समाचार

अस्पतालले बेड दिएन, नवजात शिशु र सुत्केरीको चिसो भूईँमा ..

जताततै कोभिड महामारीको डर फैलिरहेका बेला बर्दियाको जिल्ला अस्पतालमा सुत्केरी हुन आउने महिलाको चाप बढेको छ । अस्पतालमा दक्ष चिकित्सकसँगै प्रभावकारी प्रसूति सेवा प्रदान हुन थालेपछि बर्दियाका मात्र नभइ छिमेकीलगायत सुदूरपश्चिमका जिल्लाबाट समेत सुत्केरी हुन आउने महिलाहरुको संख्या बढेको छ । अस्पतालमा सुत्केरी हुनेको संख्या बढेका कारण वेड अभावमा सुत्केरी भुइँमै सु त्न बाध्य छन् ।

सधैं पेट दुख्थ्यो, गाउँको अस्पतालमा समस्या पत्ता लागेन, यहाँ राम्रो सेवा पाइन्छ भन्ने सुनेर बर्दिया अस्पतालमा उपचार गर्न आएँ बुढीनन्दा नगरपालिका वडा नम्बर १ बाजुराबाट आएकी सुत्केरी बसन्ती जैसी भण्डारीले आफ्नो समस्या सुनाइन् ।

उनले बर्दिया अस्पतालमा गुणस्तरीय सेवा पाएपनि वेड अभावमा भुइँमै सु त्नु पर्ने बाध्यता भएको बताइन् । नर्मल डेलीभरी भएकोमा खुशी हुँदै उनले भनिन् सधै पेट दुख्थ्यो बर्दिया अस्पतालमा उपचार गरेपछि नर्मल बच्चा जन्मियो । अस्पतालमा सुत्केरीहरुको संख्या धेरै भएकाले वेड पाउन सकिन ।

बर्दियाको मधुवन नगरपालिकाबाट सुत्केरी हुन आएकी सविता थारु पनि नर्मल डेलीभरी भएकोमा खुशी छिन् । तर अस्पतालमा वेड नपाएर भुइमै बस्नु परेको गुनासो उनले गरिन् ।

अस्पतालले दिएको सेवा राम्रो भएपनि वेड नपाउँदा असजिलो भयो । उनले भनिन् अस्पतालमा सेवा त राम्रो छ तर सुविधाहरु कमी भएकाले थप्नुपर्छ । अस्पतालले २४ घण्टामा १४ जना नर्मल, ३ जना सिजरिङ र १ जना भ्याकुमको सहयोगबाट १८ जनालाई प्रसूति सेवा दिँदै आएको छ ।

बर्दिया अस्पताल गुलरियामा पछिल्लो समय अन्य सेवाहरुसँगै सुत्केरी हुन आउने महिलाको संख्या बढ्दो क्रममा छ । कोभिड सर्तकता, गुणस्तरीय प्रसूतिलगायत दक्ष चिकित्सकको उपलब्धताका कारण अस्पतालले प्रभावकारी स्वास्थ्य सेवा दिन सक्षम भएको बर्दिया अस्पताल गुलरियाका प्रमुख सुभाष पाण्डेयले बताए ।

५० शैयाको जिल्ला अस्पताल भएपनि आवश्यक दरबन्दीलगायत अस्पतालको भौतिकपूर्वाधार अभावमा अस्पतालले बिरामीको चाप थेग्न नसकेको डा. पाण्डेयको भनाइ छ । यादव आचार्यले अन्नपूर्ण पोष्टका लागि लेखेको समाचार र तस्वीर हामीले साभार गरेका हौं ।

Related Articles

Back to top button