बुधबार बिहानै भगवान विष्णुको पुजा गर्नाले मिल्नेछ खुशी
हिन्दुधर्मअनुसार बुध ग्रहलाई विष्णुको अवतार मानिन्छ ।बुधको दिशा उत्तर हो भने उत्तर दिशामा कुबेरको स्थान रहेको हुन्छ ।
यदि तपाईको घरमा आम्दानीभन्दा बढी खर्च भएको छ भने बुध ग्रहलाई पुजा गर्नुहोस् । बुधबार विष्णु भगवानको पुजा आरधना गर्नाले विद्या, धन तथा व्यापारिक उन्नतिको साथै बुढेसकाबाट टाढा रहन सकिन्छ। बुधलाई महत्वपूर्ण तथ्यहरु वाणीको कारक, बुद्धिको कारक, त्वचाको कारक, मस्तिष्कको तंत्रिका तन्त्रको कारक को रुपमा मानिन्छ ।
बुधबारको दिन हरियाली घाँसपात खोजेर वस्तुभाउलाई खुवाउने ।हरियो चना भिजाएर बुधबारको दिन चराचुरुङ्गीलाई खुवाउने ।बुध ग्रहको अशुभफललाई शुभमा परिवर्तन गर्न गणेशको पुजा गर्ने ।नौ वर्ष भन्दा कम उमेरका कन्याका खुट्टा धोएर उनीहरुबाट आर्शिबाद लिने ।१।बुध ग्रहलाई प्रसन्न बनाउनको लागि भगवतीको पुजा गर्ने ।
हरेकको जन्म बार र समयबाट जन्मकुण्डली बनाउने वा भविष्यवाणी गर्ने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो ।
मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ ।विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । यी ग्रहहरुले तपाईको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन। आज हामी तपाईहरुलाई बुधबार जन्मेका व्यक्तिहरुको भविष्य र आचरणको विषयमा जानकारी दिन जाँदै छौँ।
बुधबार जन्म भएका व्यक्तिहरु धर्म कर्ममा साथै आफ्नो काममा निकै चासो दिने भएकाले प्रशस्त धन सम्पति संचित गर्ने अवसर प्राप्त गर्न सक्छन। बुधबार जन्मेका व्यक्तिहरुलाई व्यवस्थापन, अध्यापन, र राजनीतिको क्षेत्र राम्रो मानिन्छ । यिनीहरुले यस क्षेत्रबाट सजिलै आफ्नो भविष्य उज्जवल बनाउन सक्छन्।
यस दिन जन्म भएका मानिसहरु धार्मिक कामहरुमा बढी रुचि राख्ने गर्छन। त्यसैले भगवानको कृपा उनीहरु जीवनभर सुखी र खुशी रहन सक्छन। यस दिन जन्मिएका महिलाहरुले आफ्नो प्रेमी वा श्रीमानबाट भरपूर माया पाउन सक्छन। यिनीहरु महिलाहरु निकै नरम र भलादमी स्वभावका हुने गर्छन हुने गर्छ जसकारण अन्य व्यक्तिहरुको सजिलै मन जित्ने सक्छन भने विश्वासको पात्र रहने गर्छन।