कोरियाबाट आएका १६० यात्रु विमानस्थलमै अ’लपत्र
काठमाडौं । कोरियाबाट आसियान एयरलाइन्सबाट आएकामध्ये ११ जनाको पीसीआर रिर्पोट नहुँदा १६० जना यात्रु विमानस्थलमा अलपत्र परेका छन् । शनिबार दिउँसो ४ बसेर ४२ मिनेटमा ल्याण्ड भएको आसियाना एयरलाइन्सको ओ’ज्यड ७६५३ फ्लाइटबाट आएका यात्रुमध्ये ११ जनाको पीसीआर रिपोर्ट नपाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । जसका कारण १६० जना यात्रु नै यो समाचार तयार पार्दासम्म विमानस्थलमै रो’किएका छन् । सबै यात्रुलाई होटेल जान भनिएपछि विमानस्थलमा ती यात्रुले ना’राबाजी गरिरहेका छन् ।
तर, कोरियाबाट आएका यात्रु प्रविन पौडेलले भने पीसीआर रिपोर्ट बिना कोरियाको विमानस्थलमा प्रवेश गर्न नपाइने भएकाले सबैको रिपोर्ट रहेको दा’बी गरे । उनले कति जना र क–कसको रिपोर्ट छैन भन्ने जानकारी विमानस्थलले न’गराएको बताए । “तपाईंहरु सबै होटलको क्वारेन्टिनमा बस्नुपर्छ भन्नुभएको छ ।हामी सबैले कोरोना परिक्षण गराएरै आएका हौं । पीसीआर रिपोर्ट बिना कोरियाको विमानस्थलमा प्रवेश गर्न पाइँदैन । अहिले यहाँ घरि ५ जनाको घरी ७ जनाको रिपोर्ट छैन भन्नुभएको छ,” उनले भने ।आ’सियान एयरलाइन्सलाई उ’ड्न नदिने र यात्रुलाई दुःख दिने मात्रै काम भएको उनले आ’रोप लगाए ।
उनका अनुसार कोरियन एयरले प्रतिव्यक्ति १ लाख ३० हजार रुपैयाँ भाडा भनेको तर आसियान एयरलाइन्सले १ लाख ५ हजार रुपैयाँमा नै ल्याएकाले उसलाई दुःख दिने नि’यतले यस्तो गरिएको दा’बी पौडेलको छ ।“४ घण्टा हुन लागिसक्यो । अहिलेसम्म कुन यात्रुको पीसीआर रिपोर्ट नभएको हो भन्नेसम्म जानकारी गराइएको छैन । यसमा पूरै च’लखेल छ । एयरलाइन्सलाई उड्न नदिने र होटलहरुलाई ग्रा’हक राख्नका लागि मात्रै यस्तो गरिएको हो । पीसीआर रिर्पोट बिना कोरियाको विमानस्थलमा प्र’वेश गर्न नै नदिइदैन ।पीसीआर रिपोर्ट छैन भन्नु नै ग’लत हो,” उनले दा’बी गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एक अधिकारीले भने १०÷११ जनाको रिपोर्ट नपाएकाले सबैलाई होटेलमा लै’जान भनिएको बताए ।सरकारको निर्णय अनुसार पीसीआर गरेका र नगरेका यात्रुलाई सँगै ल्याए सम्बन्धित विमान कम्पनीको खर्चमा सबै यात्रुलाई होटेल क्वा’रेन्टिनमा राख्नुपर्छ ।