समाचार
डा. गोविन्द केसी र सरकारबीच सहमति भएपछि डा केसीले अनसन तोडे
डा. गोविन्द केसी र सरकारबीच सहमति भएपछि डा केसीले अनसन तोडेका छन्।
शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको वार्ता टोली बिहीबार नै सहमति नजिक पुगिसकेका थिए । शुक्रबार सहमति भएको हो ।
शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।