समाचार

आजको राशिफल : वि.संa.२०७७ साल असोज २४ गते, शनिबार, ईश्वी सन् २०२० अक्टोबर १० तारिख

वि.सं.२०७७ साल असोज २४ गते । शनिबार । ईश्वी सन् २०२० अक्टोबर १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–अष्टमी,१६ घडी ४० पला,मध्यान्ह १२ बजेर ४१ मिनेट उप्रान्त । नक्षत्र–पुनर्वशु,३७ घडी ५२ पला,बेलुकी ०९ बजेर १० मिनेट उप्रान्त तिष्य । योग–शिव,३९ घडी ०४ पला,बेलुकी ०९ बजेर ३९ मिनेट उप्रान्त सिद्ध । करण– कौलव,मध्यान्ह १२ बजेर ४१ मिनेट उप्रान्त तैतिल,रातको १२ बजेर ३२ मिनेट उप्रान्त गर । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मिथुन,दिउसो ०३ बजेर ०५ मिनेट उप्रान्त कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३८ मिनेट । दिनमान २९ घडी ०१ पला । विश्व मानशिक दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

छोटो दुरिको व्यावसायिक यात्रा हुँने भएपनि उपलब्धिभने न्यून हुनेछ । पढाई लेखाईमा ध्यान नदिदा प्रतिश्पर्धिहरु हावि हुनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट थोरै कमाईमा चित्त बुझाउँनु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ । माया प्रेममा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुनेछ । लेखनकला तथा साहित्यको पाटो थाति रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । नयाँ प्रकृतिको काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईको बक्तब्य कलाको प्रभावले समाजमा सकारात्मक तरङग पैदा गर्नेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुँनाले समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुँनाले तपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् । माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुनेछ ख्याल गर्नुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा मेहनेत गरेअनुशार नतिजा निकाल्न प्रशस्त समय खर्चिनु पर्नेछ । व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै उत्तम हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । साझपख व्यापारमा वृद्धि हुनेछ भने अध्ययनमा मन जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । नया काम पाउने तथा नोकरिमा मान सम्मान पाईने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । सरकारि जागिरेहरुले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । ठुलाबढा तथा बिशिष्ट व्याक्तिहरुको आशिर्वाद पाईने हुदा मन प्रशन्न हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

खानपिनमा ध्यान नदिदा स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । अरुतिरै ध्यान जादा वा अध्ययन अध्यापनमा समय दिन नसक्दा प्रतिष्पर्धिहरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न सकेमात्र दिन रमाईलो हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । साझपख समय राम्रो रहेकोले धार्मिक यात्राको योग रहेकोछ । अग्रत तथा आफन्तबाट सहयोग पाईनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । साझपख समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद,बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहनेछ । छिमेकिहरुले भाजो हालेर तपाईको घर परिवारमा झगडा गराउँन अनबरत लागिरहनेछन् ख्याल गर्नुहोला । साझपख समय राम्रो रहेकोले व्यापारमा वृद्धि हुनेछ भने यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

मायाप्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायमा गरेको लगानि फस्टाएर जाने तथा आम्दानिका स्रोत बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमता पुर्वक गरिएको श्रमबाट मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाईकै शिलशिलामा लामो दुरिको यात्रा तय गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कामगर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा कमाएको नाममा ठेस पुग्न सक्छ । आफन्त,साथिभाई तथा घर परिवारका मानिससँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा मन्दि आई आर्थिक अवस्था कमजोर हुनेछ भने घर जग्गा,सवारि साधन र कृषि क्षेत्रसँग सम्बन्धित कामबाट केहि मात्रामा लाभ लिन सकिनेछ । साझबाट समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुने योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।

०००

साप्ताहिक राशिफल : असोज १८ गते आईतबारदेखी असोज २४ गते शनिबारसम्मको

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

साताको सुरु र अन्तको समय मध्ययम रहेकोले सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुँदा मानसिक तनाब बड्नेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । समयको र परिस्थितिको राम्रोसँग ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै नै समय खर्चनुपर्नेछ । सन्तुलित व्यावहार गर्न नसक्दा आफन्तहरु तपार्ईँदेखि टाडिनेछन् । माया प्रेममा अविश्वास तथा पति पत्नी बीच मनमुटाव बढ्नेछ । सोमबार साझबाट बिहीबार साझसम्मको समय राम्रो रहेकोले आफ्ना समस्याहरु परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलिको प्रभाव बढ्ने हुँदा महत्वपूर्ण निर्णयहरु गर्न सकिनेछ । बिद्यार्थीहरुले थोरै समय दिदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ । लामो समयदेखि घरजग्गा तथा सवारी साधनको कारोबार गर्नेहरुका लागि साता सुभ रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समय राम्रो रहेकोले व्यापार व्यावासाय फस्टाएर जाने तथा नयाँ प्रकृतिको व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्ठान्न भोजनमा साथ रमाईलो गरी समय कटाउन सकिनेछ । आत्मविश्वासमा बृद्धि हुने हुनाले काम गर्न आँट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । कामहरु स्वत स्फुर्त रुपमा अगाडी बढ्नेछन् । विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले बिद्यामा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्तजन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ सचेत रहनुहोला । घरायसि कुरामा आफन्तहरु बीच मनमुटाव सिर्जना हुनेछ भने माया प्रेममा घटपट हुने योग रहेकोछ । तरपनि लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा हुनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपूर्ण भूमिका खेल्नेछ । व्यापार व्यावसायमा प्र्रशस्त नाँफा कमाउन सकिनेछ भने पढाइ लेखाइमा भनजस्तो सफलता हुने हुँदा मन प्रशन्न रहनेछ । सांगितिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । नयाँ काम पाउने तथा नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ । बिहीबारबाट समय मध्ययम रहेकोले आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाति रहनेछ । पति पत्नी बीच अविस्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । तरपनि लामो दुरिको बिदेश यात्राको तय हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

साताको समय राम्रो रहेकोले बैकिङ क्षेत्रको लगानी बाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग तथा परिचालन मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । आफ्ना वा घरपरिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पुरा गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा वहन गर्नुपर्ने समय रहेकोछ । बिद्या तथा प्रतिस्पर्धामा तपार्ईँ अरुभन्दा अब्बल हुनुहुनेछ । सरकारी तथा प्रशासनिक काम समयमा सम्पादन गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा वढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेकोछ । लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् ।बिहीबारबाट समय मध्ययम रहेकोले मानसम्मान तथा इज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारी सेवामा झन्झटिला प्रक्रिया अवलम्वन गर्नुपर्दा मानशिक तनाव बढ्नेछ । राज्यबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडी परिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले माया प्रेमको गाठो कसिलो भएर जाने तथा जीवन साथीको सहयोगले राम्रा कामहरु सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरी समाजमा नाम कमाउन सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपूर्ण व्याक्ती हरुसँग भेटघाट हुनेछ । व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ भने तपार्ईँको काममा आफन्त तथा शुभचिन्तक हरुको सहयोग रहनेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले श्वासप्रश्वास तथा छाती सम्वन्धी समस्याले सताउने हुँदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेकोछ । सवारी साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पढाइ लेखाइमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुँदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ । दाम्पत्य जीवनमा एकअर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिहीबारबाट समय मध्ययम रहेकोले आउने ठाउँबाट रुपैया पैसा नआउँनाले बनाएका योजनाहरु थाती हुनेछन् । दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्र्रोसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । तरपनि बैक तथा शेयर बजारको लगानी भने फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले आकश्मिक धन तथा सम्पती हात लागि हुने योग रहेकोछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे लाभ लनी सकिनेछ भने शेयर बजारमा गरीएको लगानी फस्टाएर जानेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ भने बौद्धिक,साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रेम प्रशङमा रमाउने समय रहेकोछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । मंगलबार र बुधबारको समय मध्ययम रहेकोले सानातिना काममा समय व्यातित हुँदा महत्वपूर्ण कामहरु थाति रहनेछन् । विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला समय मध्ययम रहेकोछ । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा आलोचना गर्नेहरु प्रशस्त भेटिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय राम्रो रहेकोले माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपार्ईँको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । सत्रु तथा प्रतिस्पर्धी हरुलार्ई हरेक क्षेत्रमा परास्त गर्दै भने जस्तो उपलव्धी हासिल गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउदै स्कूल तथा कलेजमा छुट्टै पहिचान बनाउन सकिनेछ । आम्दानीका स्रोतहरु फराकिला पार्दै तत्काल नयाँ व्यावसाय थालनी गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् ।सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले छोटो तथा रमाईलो यात्रा हुन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । लेखन कला तथा साहित्य जस्ता क्षेत्रमा झुकाव बढ्नेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लीन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकी हरुसँगको सम्वन्धमा सुधार भएर जानेछ । मंगलबार र बुधबारको समय राम्रो रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउनसक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेकोछ । तरपनि पैत्रिक घर जग्गामा गरीने व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालनमा रुपैया पैसा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । आफन्त तथा समाजका बौद्धिक व्यात्तित्वहरुसँग बिवाद हुने योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

दाजुभाई तथा आफन्तसँग मिलेर गरिने जुनसुकै व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न होईनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको गाठो कसिलो भएर जानेछ । शाहशिलो कामगर्ने जोसजागर आउनेछ भने खेलकुद तथा यस्तै गतिविधिमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । पढाइ लेखाइमा परिणाममुखी उपलव्धी हासिल गर्न सकिनेछ भने छोटो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । बिहीबारबाट समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोषिश गर्दा गर्दै नसकिने हुँदा आलोचनाको शिकार हुने योग रहेकोछ । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । घर परिवारबाट टाडा हुनुपर्दा नरमाईलो लाग्नेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला ।

तपाईँको दिन शुभ रहोस ।

ज्योतिषी तारानाथ भण्डारी ।

Related Articles

Back to top button