समाचार

एकै पटक ५ बच्चा जन्माउने २८ बर्षिय सोनिका,अस्पतालमा बच्चा (भिडियो हेर्नुस्)

काठमाडौँ । काठमाडैको थापाथली स्थित अस्पतालमा सोमवार निकै दुर्लभ घटना भयो । २८ वर्षकी एक महिलाले एकै पटक ५ शिशुलाई जन्म दिइन् । जन्मिएका ५ शिशु मध्य चारवटा जिवित छन् ।

नुवाकोटकी २८ वर्षिया सोनिका तामाङले एकै पटक पाँच शिशु जन्माएकी हुन् । उनलाई यस अघि आफ्नो गर्भमा ४ शिशु रहेको बताइएको थियो । तर सोमवार शल्यकृया गरेपछि मात्र उनको गर्भमा ५ सन्तान रहेको थाहा भएको थियो । थापाथली अस्पतालका चिकित्सकलाई पनि उनले आफ्नो गर्भमा ४ सन्तान रहेको बताएकी थिइन् ।

महिना पुग्नु अगावै महिलालाई सुत्केरी वेथा लागेर शल्यकृया गर्दा चिकित्कसले ५ शिशु देखेका थिए । चिकित्सकले सोनिकाको शल्यकृया मार्फत ५ शिशु निकालेका हुन् । गर्भमा रहेको ५ शिशु मध्य एक शिशु मृ त अवस्थामा निकालिएको हो ।

जन्मिएका सबै शिशु छोरी हुन् भने मृ त छोरा थिए । शिशुहरुको तौल १।८००, १।९००, १।६०० र ८०० ग्रामका छन् । जीवित जन्मिएकामध्ये तीन शिशुलाई अहिले अर्ब्जभेसनका लागि वार्डमा राखिएको छ भने कम तौल भएकालाई भने एनआईसीयू राखेर उपचार गरिएको चिकित्कसले बताएका छन् ।

विवाह भएको नौ वर्षपछि मात्रै यी दम्पतीले सन्तान जन्माएका हुन् । यसअघि नेपालमा महिलाले एकैपटक चार जनासम्म शिशु जन्माएकी छन् । त्यो भन्दा बढी बच्चा एकै पटक जन्मिएको रेकर्ड नेपालमा भने छैन । यो विश्वमै निकै दुर्लभ घटना हो । गर्भवती भएको १२ सातामै गर्भमा ४ वटा शिशु रहेको बताइएको थियो । यस्तो दुर्लभ घटना वंशाणुगत गुणका कारण भएको हुनसक्ने चिकित्सकको भनाई छ ।

Related Articles

Back to top button