समाचार

विदेश गएकी आमाको मृ’त्युपछि चार सन्तानको बिचल्ली….

वैदेशिक रोजगारीको क्रममा कुवेतमा आमाको मृ’त्यु भएपछि टुहुरो बनेका चार बालबालिकाको बिचल्ली भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–९ गौरी कटानमा आफन्तको घरमा बस्दै आएका सुशीला (१७ वर्ष), सुरज (१४), करन (११) र आठ वर्षीया लक्ष्मीको बिचल्ली भएको हो । बुबा गुमाएका उनीहरुको आमालाई पनि दैवले खोसेको छ । बालबालिका अभिभावकविहीन भएका छन् ।

बालबालिकाकी आमा ४६ वर्षीया गीता पार्कीको गएको भदौ ८ गते कुवेतमै ज्या’न’गएको हो । कुवेतस्थित नेपाली राजदुतावासले पठाएको पत्रमा उल्लेख भए अनुसार घर फर्कन तयारीमा रहनुभएकी गीतालाई मुटुको समस्या, निमोनिया लगायत स्वास्थ्य समस्या देखिएको थियो । उपचारको क्रममा उहाँको ज्या,न गएको पत्रमा उल्लेख छ ।

आमाले दशैं मनाउने गरी नेपाल फर्किने भिडियो कलमा बताउनुभएको थियो’मृतककी जेठी छोरी सुशीलाले भन्नुभयो । हाम्रा लागि दशैंको नयाँ कपडा पनि किनेको भिडियोमै देखाउनुभएको थियो । तर, केहि दिनपछि उहाँ बितेको खबर राजदूतावासले पठायो ।

परिवारिक गरिबी टार्नका लागि भन्दै गीता वैदेशिक रोजगारीका लागि कुवेत उड्नुभएको थियो । कलिला चार मुनालाई धनगढी छोडेर विदेश जाने क्रममा उहाँले आफ्नी जेठी छोरीलाई धेरै पैसा कमाएर फर्किने बताउनुभएको थियो । साथै सुम्पिनुभएको थियो,भाइबहिनी स्याहार्ने जिम्मेवारी पनि ।

आमाले धेरै पैसा कमाएर फर्किने र धनगढीमा जग्गा किनेर घर बनाउने भन्नुभएको थियो’गहभरि आँसु पार्दै सुशीला भन्नुहुन्छ । ‘फर्किन त उहाँ,फर्किनु भो,तर,बा’क’स’भि’त्र ब’न्द भएर ।

बा’क’स’मा’ ब’न्द’ गीताको ला’श असोज १२ गते धनगढी पुगेको थियो । आमाको मृ’त्यु’ले’ शो’का’कू’ल बालबालिकालाई धनगढीमा ला’श’ राख्ने ठाउँसमेत मिलेको थिएन् । आमा वैदेशिक रोजागरीमा गएपछि उनीहरु धनगढी उपमहानगरपालिका–८ स्थित कैलाली क्याम्पस रोडस्थित एक घरमा भाडामा बस्दै आएका थिए । भाडा तिर्न र दैनिक उपभोग्यका सामग्री किन्नका लागि आमाले नै मासिक १० हजार रुपियाँ पठाउने गरेको सुशीला सुनाउनुहुन्छ ।

उहाँका अनुसार बाकसमा ला’श’आएपछि भण्डारी थरका घरबेटीले त्यहाँ ला’श’ राख्न दिएनन् । गौरी कटानमा रहेका आफन्तहरुले बालबालिका र बाकसमा आएको गीताको ला’श’लाई आफ्नो घरमा लगे । आफन्तकै घरबाट गीताको श’व’को दा’ह’सं’स्का’र गरिएको थियो । हाल चारै जना बालबालिका त्यतै बसिरहेका छन् ।

अभिभावक गुमाएपछि बालबालिका के गर्ने, के नगर्ने,अन्योलको अवस्थामा पुगेका छन् । उनीहरुसंग न सम्पत्ति छ,न त आफ्नो घर । सम्पत्तिको नाममा आफूसंग आमाको नागरिकता र पासपोर्टमात्रै रहेको सुनाउँदै सुशीलाले भाइबहिनीको स्याहार कसरी गर्ने भन्ने चिन्ताले रातदिन पिरोलेको बताउनुभयो ।

त्यति बेला आमाले पैसा पठाउँदा जेनतेन गुजारा भो । भाईबहिनीलाई विद्यालय पनि पठाइरहेकी थिएँ उहाँले भन्नुभयो । अब,हाम्रो सहारा कोही छैन । मलाई मेरोभन्दा भाइबहिनीको भविष्यको चिन्ता छ ।

धनगढीमा इँटाभट्टामा मजदुरी गर्ने भारतीय नागरिक राप्रसादसंग विवाह गर्नुभएको थियो, गीताले । क्षयरोगका कारण रामप्रसादको ज्या’न’ ग’ए’को’ बताइन्छ । श्रीमान बि’ते’को’ केही समयपछि गीता सन २०१३ जुन ३० मा कुवेतको लागि उड्नुभएको थियो । -गोर्खापत्र दैनिक

PROMOTED CONTENTMgid

Related Articles

Back to top button