समाचार
अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको एक बैंकमा चक्कु देखाएर लुटपाट गरेको अभियोगमा सम्राट लामा पक्राउ !
मेरिल्याण्ड, अमेरिका ।
अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको एक बैंकमा चक्कु देखाएर लुटपाट गरेको अभियोगमा सम्राट लामा नामक एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले उनी कुन देशका नागरिक हुन् भन्ने भन्ने खुलाएको छैन । स्थानीय ग्रेथबर्गमा बैंक मंगलबार विहान १० बजे स्थानीय नर्थ फ्रेडरिक एभेन्यूमा रहेको वेल्स फार्गो बैंकमा लामाले चक्कु झिकेर कर्मचारीलाई देखाउँदै रकम मागेका थिए ।
त्यहाँबाट रकम लिएपछि उनी ड्राईभथ्रूमा रहेको अर्को काउन्टरमा पुगी रकम माग्दैगर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले लामालाई हातहतियारसहित लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोग लगाएको छ ।
यस्तो छ प्रहरीको वक्तव्य –
my nepal televisionx