समाचार

प्रदेश ५ को प्रदेश सभामा रोष्टम अघि नाराबाजी, कुर्सी तोडफोड ..भिडियो हेर्नुहोस

बुटवल – हिजो प्रदेश ५ को प्रदेश सभामा अनौठो घटना हुन पुग्यो जहा प्रदेशको राजधानी लाई लिएर प्रदेश सभामा औपचारिक छलफल हुदै गर्दा केही सांसदहरुले सदन अवरोध गर्दै कुर्सी तोडफोड गर्न पुगेका थिए।

बर्तमान समयमा प्रदेश ५ को राजधानी कहा बनाउने भनेर चौतर्फी चर्चा परिचर्चा भईरहेको परिपेक्षमा केही दिन अघी भालुबांगलाई राजधानी बनाउने निर्णयले कतै खुशीको लहर ल्याएको थियो भने कतै ठुलो बिरोध प्रदशन हरु हुदै गरेको देखिएको छ।

सोही बिषयलाई लिएर हिजो प्रदेश ५ को प्रदेश सभामा औपचारिक छलफलका क्रममा प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले रोष्टम अघि नाराबाजी गर्दै बैठक कक्षका कुर्सी तोडफोड गरेका थिए । सोही बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाका सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने र मंगलवार नै प्रदेशको राजधानी र नामका विषयमा सरकारको प्रस्तावमाथि मतदान गर्ने कार्यसूचि रहेको थियो।

बैठकमा प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले सरकारले एकलौटी ढंगले प्रदेश राजधानी सार्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेको आरोप लगाउदै प्रदेश राजधानी बुटवलबाट अन्यत्र सार्नुपर्ने बाध्यता किन आयो भन्ने प्रश्न गर्दै त्यसको स्पष्ट जवाफ दिन माग गरेका थिए।

.भिडियो हेर्नुहोस;

Related Articles

Back to top button