समाचार

दशैँ-तिहार नजिकिदै गर्दा भयो यस्तो ठुलो निर्णय…. जनता खुसी, कहिलेबाट हुन्छ लागु ?

सिन्धुपाल्चोकसँग जोडिएको चीनसँगको महत्त्वपूर्ण व्यापा रिक नाका तातोपानी नाका असोज १९ गतेदेखि खुला गर्ने निर्णय भएको छ । नेपाली र चिनियाँ पक्षबीच मंगलबार सि न्धुपाल्चोकमा भएको द्वीपक्षीय बैठकले लामो समयदेखि बन्द रहेको नाका असोज १९ देखि खोल्ने निर्णय गरेको हो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी सीडीओ उमेश ढकालले असोज १८ गतेभित्र आवश्यक सबै तयारी गर्ने र १९ गतेदेखि नाका सञ्चालनमा ल्याउने निर्णय भएको बताए । उनका अनुसार सीमामा सामान लोड तथा अनलो ड गर्नेसहित सम्बन्धितको पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्ने छ भने अन्य स्वास्थ्य सुरक्षा सावधानीसमेत अपनाएर ना का सञ्चालनमा आउने छ । दुई पक्षीय बैठकमा चीनत र्फको ल्हासाका अधिकारी र नेपालतर्फबाट सीडीओ ढका लसहितका अधिकारीहरु सहभागी थिए ।

लामो समयदेखि नाका बन्द हुँदा व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनरमा सामान थन्केको ६ महिना बितेको थियो । व्यवसायीहरुले नाका खुला गर्न लामो समयदेखि सरकारी निकाय घच्घच्याउँदै आएका थिए । तातोपानी नाकाभन्दा करिब ३५ किमिमाथि चिनियाँ भूभागमा रहेको ‘क्यानोन कु’ ताल विष्फोटन हुन लागेकोले त्यसको पानीको सहत घटाउने भन्दै नाका बन्द गरिएको थियो । यहीबीचमा कोरोनाभाइरसको संक्रमण समेत बढेपछि नाका बन्द हुँदै आएको थियो ।

यसो त अहिले चीनसँगको अर्को नाका रसुवागढी समेत प्रभावित रहेको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघका बच्चु पौडेलले खासा, नेलम, ल्यासा र केरुङमा गरी करिव दुई हजार कन्टेनर सामानहरु सीमा पारी रहेको बताए । नाका खुलाउन परराष्ट्र मन्त्रालयले चीनसँग आवश्यक पहल नगरेको भन्दै आलोचना समेत भएको थियो ।

यसैबीच सांसदहरुले चाडपर्व नजिकिदै गर्दा उपभोग्य वस्तुको मूल्यवृद्धि गरेर कालोबजारी भइरहेकाले नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका छन् । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदहरुले मूल्यवृद्धि नियन्त्रणका लागि सम्बन्धित निकायले अनुगमन गर्न आग्रह गरेका हुन् ।

सांसद देवेन्द्र पौडेलले बजार मूल्यमा समानता नभएको, अस्वभाविक रुपमा मूल्य बढेकाले नियन्त्रण गर्नुपर्ने बताए । नियन्त्रणका लागि सम्बन्धित निकायलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन दिनुपर्ने उनले बताए ।

सांसद भिमसेनदास प्रधानले दिनदिनै अस्वभाविक रुपमा मूल्य वृद्धि भइरहेको बताए । अस्वभाविक रुपमा मूल्यवृद्धि गर्नेलाई कडा कारबाही गर्नुपर्ने बताए । सांसद सुजाता परियारले मूल्य वृद्धि भइरहँदा बजार अनुमगन गर्ने सम्बन्धित निकायलाई छलफलमा बोलाउनुपर्ने बताइन् ।

समिति सभापति विमल प्रसाद श्रीवास्तवले मूल्य नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुगमन गर्न निर्देशन दिने निर्णय भएको बताए । समितिमा छलफलका लागि बोलाउने वातावरण नबनेसम्म सचिवालयलाई सम्बन्धित निकायलाई बोलाएर मूल्यवृद्धिका विषयमा सोधपुछ गर्न निर्देशन दिएको छ ।

यस्तै सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ ।

कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ ।

जसअनुसार पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ । तर, सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्नेछ ।

उनीहरुका लागि अध्यागमन विभागले अनअराइभल भिसा दिनेछ । पूर्वस्वीकृतिका लागि सम्बन्धित एजेन्सीले पेश गरेको पर्वतारोहण गर्ने पर्यटकको लागि पर्यटन विभाग र पदयात्रा गर्ने पर्यटकका लागि नेपाल पर्यटन बोर्डमार्फत अध्यागमन विभागमा सिफारिस गर्नुपर्ने शर्त राखिएको छ ।

नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान राखिएको छ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ । अनअराइभल भिसा प्राप्त हुने बिन्दुमै नेपाल आउन प्राप्त गरेको भिसा वा पूर्वस्वीकृतिको कागजात समेत हेरिने भएको छ ।

कम्तीमा सात दिन क्वारेन्टिनमा बस्ने गरी नेपालमा होटल बुकिङ अनिवार्य गर्नुपर्छ र त्यसको कागजातसमेत सोही समयमा देखाउनुपर्ने भएको छ । नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजात समेत अनिवार्य गरिएको छ ।

नेपालमा आउने सबै पर्यटक सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ । क्वारेन्टिनमा बसेको पाँचौ दिनमा पर्यटककै खर्चमा पीसीआर परीक्षण गरिनेछ । उक्त परीक्षणमा नेगेटिभ आएमा मात्र पदयात्रा र पर्वतारोहणमा जान सकिने गरी प्रावधान बनाइएको छ । नेगेटिभ नआएसम्म भने होटेलबाट बाहिर जान नपाउने गरी शर्त तोकिएको छ ।

सहयोगीको १ लाखसम्मको बिमा

नेपालमा पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्ने भएको छ । नेपालमा पर्वतारोहण वा पदयात्रा गर्दा नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा स्वीकृत स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्छ ।

पर्यटकले यसअघि विभागबाट जारी भएका निर्देशनहरु समेत पालना गर्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ । उता प्रसिद्ध पर्यटकीय एवं धार्मिक तिर्थस्थल गोसाइकुण्ड पदमार्गमा रेलिङबार निर्माण गरिएको छ । उक्त पदमार्गको बुद्ध मन्दिरदेखि गोसाइकुण्डसम्म अफ्ठ्यारो भिरमा रेलिङबार निर्माण गरिएको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्जको सरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले रेलिङबार निर्माण सम्पन्न गरेको हो । नेपाली सेनाको सैनिक–नागरिक सम्बन्ध अभिवृद्धि कार्यक्रम अन्तर्गत बुद्ध मन्दिरदेखि गोसाईकुण्डसम्म भिरमा रेलिङबार निर्माण गरिएको कालीजंग गणका प्रमुख सेनानी सविन्द्र नगरकोटीले बताए ।

भिरको बाटोमा २.५८ किलोमिटर लामो पक्की रेलिङबार निर्माण गरिएको उनले बताए । त्यस्तै तिर्थयात्रीहरुलाई विश्राम गर्न चोलाङपाटीमा ४० फिट लम्बाइ र २० फिट चौडाइको विश्राम घर, भूकम्पले भत्केको बुद्ध मन्दिरको पुनर्निर्माण र हेलिप्याड पनि निर्माण गरिएको छ ।

भत्केको बाटो मर्मत तथा गणेशगौंडा, बुद्ध मन्दिर र गोसाईकुण्डमा विश्रामस्थल पनि निर्माण गरेको सेनाले बताएको छ । रेलिङबार निर्माण भएपछि गोसाईकुण्ड पुग्ने पर्यटक तथा तिर्थयात्रीहरुलाई आवत जावत गर्न सहज भएको छ । करिब ५० लाखको लागतमा रेलिङबार निर्माण सम्पन्न भएको हो । कालीजंग गणबाट १० लाख १२ हजार भन्दा बढी जनश्रमदान रहको छ । लकडाउनका बाबजुत पनि सेनाले ८ महिनामा निर्माण सम्पन्न गरेको हो ।

रेलिङबार निर्माण भएको स्थान समुद्री सतहबाट ४ हजार २ सय देखि ४ हजार ३ सय ८० मिटरको उच्चाइमा रहेको छ । लेक लाग्ने ठाउँमा पनि सेनाले जोखिम मोलेर दिनरात नभनि रेलिङबार निर्माण सम्पन्न गरेको हो । श्री नं ६ बाहिनी अड्डा वैरेनिका बाहिनीपति सहायक रथी सुनिल श्रेष्ठले रेलिङबारको उद्घाटन गरेका हुन् ।

उद्घाटन पश्चात सेनाले निर्माण सम्पन्न गरेको रेलिङबार आइतबार गोसाईकुण्ड गाउँपालिकालाई हस्तान्तरण गरेको छ । सेनाले बुद्ध मन्दिरदेखि गोसाईकुण्डसम्म अफ्ठ्यारो भिरमा रेलिङबार निर्माण गरी पदयात्रामा आउने पर्यटक तथा भक्तजनको यात्रालाई सहज बनाएको गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए । रेलिङ मार्गबाट करिब ३० हजार तिर्थयात्री तथा पर्यटक लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।

Related Articles

Back to top button