समाचार

नेपाली कांग्रेसका युवा नेता गगन थापालाई कोरोना संक्रमण

काठमाडौं उपत्यका लगायत मुलुकभर कोरोना तिव्र गतिमा फैलिरहेको बेला पुर्व स्वस्थ्य मन्त्री कांग्रेस युवा नेता गगन थापालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

केन्द्रीय समितिको बैठकका लागि गरिएको पिसिआर परीक्षणबाट उनमा शनिबार कोरोना पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भए पनि उनमा कुनै पनि लक्षण देखिएको छैन । यसअघि उनका ससुरासमेत रहेका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना नेतामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै आज प्रधानमन्त्रीका ४ सल्लाहकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

bright khoj

Related Articles

Back to top button