समाचार

अवैध सम्बन्धबाट जन्मिएको शिशु जंगलमा फाल्ने आमासहित दुई पक्राउ

सल्यान, १९ असाेज । जंगलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ । शारदा नगरपालिका –३ घोरलोटेका जङ्गलमा फालिएको २८ दिने शिशुको सोमबार बिहान उद्धार गरिएको हो ।

आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा –३ की ३५ वर्षीया शान्ता परियारले अवैध सम्बन्धबाट जन्मेको शिशुलाई घर नपुग्दै जङ्गलमा छाडेर घर गएको प्रहरीले जनाएको छ ।

श्रीनगर बजारबाट बिहानै पैदल घुम्न निस्किएका स्थानीयवासीले जङ्गलमा चर्को स्वरमा शिशु रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शिशुको उद्धार गरी सल्यान अस्पतालमा लिएर उपचार शुरु गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शिशु अस्पताल पुर्याएर उपचार सुरु गरेलगत्तै प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण वलीले जानकारी दिए ।

प्रहरीले अनुसन्धानका क्रममा शिशुलाई जङ्गलमा फाल्ने महिला र अवैध सम्बन्ध राख्ने भनिएका शारदा–२ पानीखोलाका दानबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

करिब एक वर्ष अगाडि कामका सिलसिलामा महिला भारतमा गएका बेला अवैध सम्बन्ध रहेको र शिशु जन्मिएपछि घर फर्किने क्रममा अरुले थाहा पाउने डरले जंगलमा फालेर घर गएको भनी परियारले बयान दिएको प्रहरीले जनाएको छ ।

यो पनी
सडक विस्तार तीव्र
बनेपा : कोरोना कहरकै बीचमा लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–नमोबुद्ध–चौकीडाँडा सडक विस्तारले तीव्रता पाएको छ। विपी राजमार्गको वैकल्पिक मार्गको रुपमा हेरिएको सो सडकको विस्तारलाई वाग्मती प्रदेश सरकारकाले सहयोग गरेको छ।

विस्तारित सडक ¥यालेबाट पनौती, शंखु, नमोबुद्ध हुँदै दाप्चा जाडिने र अर्को शंखु दाहालटार हुँदै कटुञ्जेवेंशीमा जोडिने छ। ¥याले–कुशादेवी–पनौती–दाहालटार खण्डमा लुम्बीनी÷खानी ब्राइट जेभीले रु ३८ करोड ८३ लाख १० हजार २३२ मा सम्पन्न गर्ने जनाइएको छ।

यसका लागि विसं २०७६ भदौमा सम्झौता गरी आगामी विसं २०७७ फागुन भित्रमा सम्पन्न गर्ने गरी काम भइरहेको छ। ललितपुर जिल्लाको ग्वार्को हुँदै काभ्रेपलाञ्चोक जिल्लाको चौकीडाँडामा पुगेर बिपी राजमार्गसँग सो सडक जोडिने जनाइएको छ।

बन्दाबन्दीकै बीचमा भइरहेको कामको अवस्थाबारे बुझ्न शनिबार वाग्मती प्रदेशका नीति तथा योजना आयोग र राष्ट्रिय योजना आयोगका संयुक्त टोलीले अनुगमन समेत गरेको छ। सो अवसरमा अयोगका कार्यवाहक उपाध्यक्ष श्यामकुमार बस्नेतले काठमाडौँबाट बाहिरीने र उपत्यका भित्रिने महत्वपूर्ण मार्गको रुपमा लिएको बताए।

उनले भने, “प्रदेश र संघीय सरकारले आफ्ना आयोजनाहरुलाई छिटो सम्पन्न गर्ने कुरामा तीव्र गतिमा आयोजनाको अनुगमन गरिरहेका छौँ।” राष्ट्रिय योनजा आयोगका सदस्य डा रामकुमार फँुयालले सो सडक बहुआयमिक र रणनीतिक महत्व भएको रहेको बताए। बन्दाबन्दीकै बीचमा भौतिक कामको प्रगति राम्रो भएको पाइएको उनको भनाई थियो।

पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले सडक विस्तार आयोजना बन्दाबन्दीको समयमा काम भइरहेको बताए। अहिले सो सडक ग्वार्काे–लाकुरीभञ्ज्याङ–¥याले र ¥याले–कुशादेवी–पनौती–दाहालटार सडक विस्तार गर्ने तथा दाहालटार–चौकीडाँडा ट्रयाक खोल्ने गरी तीन खण्डमा ठेक्का सम्झौता भएको छ।

यसअन्तर्गत ¥यालेदेखि दाहालटारसम्मको १६ किलोमिटरको स्तोरन्नति भइरहेको छ। सो सडक सञ्चालनमा आएपछि पनौती, धुलिखेल र नमोबुद्ध नगरपालिकाका साथै रोशी गाउँपालिकाकाका १, २, ३, ४, ५ र ७ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्।

Related Articles

Back to top button