कोरोना समाप्त होस् भन्दै विशेष पूजा पशुपतिमा; ॐ लेखेर शेयर गर्नुहोस् पशुपतिनाथ ले रक्षा गर्नेछन्!
काठमाडौं : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण समाप्त होस् भन्ने कामनासहित पशुप तिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ । नयाँ वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विश्वका सबै मानिस कोरोनासंक्र मणबाट चाँडै मुक्ति होऊन् भनी उक्त पूजा गरेका हुन् ।
डा. थापाका अनुार व्यक्तिगत पहलमा विश्वका सबै मानिस कोरोनो संक्रमणको जोखिमबाट मुक्त होउन् भनी पशुपति नाथ मन्दिरमा सवा लाख दीप प्रज्ज्वलनसहितको लघुरुद्री लगाइएको हो । उनले २७ हजार रुपैयाँ लागतको विशेष पूजा गराएको बताए । अहिले भगवान शिवको प्रिय महिना श्रावण चलिरहेको छ । श्रावणमा भगवान शिवको आफ्ना भक्तहरुप्रति विशेष कृपा रहने गर्दछ ।
भगवान शिव मात्र एक यस्ता देवता हुन् जो प्रसन्न भएमा कुबेर बराबरको धन पनि दिन्छन् र क्रोधित भएमा पुरा ब्रह्माण्ड भस्म गर्ने सार्मथ्य पनि राख्दछन् ।शिवको कृपा पाउनका लागी श्रावणमा विशेष रूपले शिवलिंगको अभि षेक र पूजा गर्नु पर्दछ । शिवका प्रत्येक शिवलिंगका आआ फ्नै महत्व रहने गरेको छ । जान्नुहोस् कुन शिवलिंगको पूजा गर्दा शिवभक्तले कस्तो आर्शिवाद प्राप्त गर्दछन् ।
१. पारोको शिवलिंग: सबैभन्दा बढि पारोको शिवलिंगको पूजा हुने गर्दछ । यस शिवलिंगको पूजा गर्दा भगवान शिव चाडैं प्रसन्न भई सबै मनोकामना पुर्ण हुने वर दिने धार्मीक विश्वास छ ।
२. सुनको शिवलिंग: सुनको शिवलिंगको पूजा गर्दा शिव साधकलाई समृद्धि प्राप्त हुने धार्मीक विश्वास रहेको छ ।
३. चाँदीको शिवलिंग: चाँदीको शिवलिंगको पूजा गर्दा शिवभक्तका घरमा धनको भण्डारमा वृद्धि हुने मान्यता छ।
४. पितलको शिवलिंग: पितलको शिवलिंगको पूजा वा रुद्राभिषेक गरेमा शिवभक्तको दरिद्रता नाश हुने विश्वास गरीन्छ ।
५. फलामको शिवलिंग: फलामको शिवलिंगको पूजा विशेष सिद्धि प्राप्तिका लागी गरीन्छ ।
६. मोतीको शिवलिंग: मोतीको शिवलिंगको पूजा गर्दा स्त्री सुख मिल्ने तथा साधकको पत्नीको सौभाग्य वृद्धि हुने मान्यता छ ।
७. स्फटिकको शिवलिंग: स्फटिकबाट बनेको शिवलिंगको पूजा गर्दा साधकको दीर्घ प्रतीक्षित मनोकामना पुरा हुने गर्दछ ।
८. फूलको शिवलिंग: यदि कसैलाई पैतृक सम्पत्ती वा कुनै घरजग्गाको कामना छ भने श्रावणमा फूलको शिवलिंगको पूजा गरे भूसम्पत्तीको आशीर्वाद प्राप्त हुन्छ ।
९. मिश्रीको शिवलिंग: कुनै पनि रोग वा शोकको पीडाबाट मुक्ति चाहिएको छ भने मिश्रीबाट बनाइएको शिवलिंगको पूजा गरे अत्यन्त लाभदायक हुन्छ । मिश्रीको शिवलिंगको पूजा गर्दा रोगबाट मुक्ति पाउने धार्मीक विश्वास छ ।
१०. कपुरको शिवलिंग: विधि विधानपुर्वक कपुरको शिवलिंगको पूजा गरेमा वा अभिषेक गरेमा साधकलाई भक्ति र मुक्तिको आर्शिवाद प्राप्त हुन्छ ।