समाचार

आफ्नै कार्यकालमा वृद्धभत्ता ५ हजार पुर्‍याउने भत्ता तथा सुविधा उपलब्ध गराउन सरोकारवालालाइ निर्देशन : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिक बसेकै स्थानमा उनीहरुले पाउने भत्ता तथा सुविधा उपलब्ध गराउन सरोकारवालालाइ निर्देशन दिनुभएको छ ।

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अवसरमा राष्ट्रिय जेष्ठ नागरिक महासंघले गरेको कार्यक्रमलाइ संवोधन गर्दै प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकको जीवनलाइ सहज बनाउन परिवार देखि समाज र सरोकारवाला निकायलेपनि सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले आफ्नै कार्यकालमा वृद्दा भत्ता ५ हजार पुर्याउने र सम्मानित जिवनयापनका लागि व्यवस्था मिलाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले जेष्ठनागरिकलाइ गर्ने व्यवहार कस्तो हुनुपर्छ भन्ने बिषय विद्यालय तहदेखिकै पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने आवास्यकता औल्याउदै जेष्ठ नागरिक प्रतिको व्यवहार पूर्ण सकारात्मक हुनुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, विभिन्न प्रदेशका मुख्यमन्त्री, पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष मदनदाश श्रेष्ठ लगाएतले जेष्ठ नागरिकलाइ गर्नुपर्ने व्यवहार र उनीहरुको अबस्थाबारे बोल्नुभएको थियो ।-

pathivara daily

Related Articles

Back to top button