समाचार

काठमाडौंमा रहेका सर्वसाधारणलाई भर्खर आयो अत्यन्तै दुःखको खबर..।

यो वर्ष काेराेना भाइरसकाे कारण मानिसहरु घर जान नपाउने भएका छन् ।मिल्छ भने आज भोली मै काठमान्डू छोड्ने निर्णय लिनुहोस्,नत्र दशैं मा घर देखी टाढा रहन सक्ने यस खबरले बताउँछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे ईन्सिडेन्ट कमाण्ड सिस्टमले यस वर्ष यथास्थानमा बसेर दशैं मनाउनुपर्ने बताएसँगै घर जान नपाइने भएकाे हाे ।आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री भानुभक्त ढकालकाे संयाेजकत्वमा बसेकाे बैठकले आफु जहाँ छाैं त्यही बसेर दशैं मनाउने र त्यही अनुसार व्यवस्था गर्ने निर्णय गरेकाे हाे ।

मन्त्री ढकालका अनुसार अब याे दशैंमा नागरिकले घर जान नपाउने भएका हुन् । ढकालले पनि आफु बसेकै ठाउँमा बसेर दशैं मनाउन आग्रह गरेका हुन् ।विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

तर सरकारको यो निर्णय भने व्यवहारिक नभएको गुनासो आम मानिसहरुले गर्न थालेका छन् । सरकारले आग्रह गरेतापनि काठमाडौं छाड्नेको भिड बढेको राजमार्गमा गुड्ने सवारी चापले नै पुष्टि हुन्छ । सरकारले लामो दूरीका सवारी साधनमा दोब्बर भाडा लिन पाउने बताएपछि अहिले हवाइ मार्ग हुँदै काठमाडौं बाहिरिने यात्रुहरुको संख्या बढीरहेको नेपाल वायूसेवा संचालक सङ्घले बताएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा मात्रै २ हजार २ सय ५३ जनामा कोरोना भाइरस संक्रमण देखिएकाे छ । काठमाडाैं उपत्यकामा मात्र १ हजार ५ सय ९९ जना नयाँ संक्रमित भेटिएका छन् ।यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८६ हजार ८ सय २३ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितको संख्या २२ हजार २ सय १९ पुगेको छ ।

नेपालमा आजसम्म १० लाख ७४ हजार ४ सय ४८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । नेपालमा काेराेनाकै कारण मृत्‍यु हुनेको संख्या ५ सय ३५ पुगेको छ । काेराेनाका बिरामी बढ्दै गएपछि सरकारले लकडाउन गर्न सक्ने पनि अनुमान धेरैले गरेका छन् ।

 

Related Articles

Back to top button