समाचार

कतै तपाई नक्कली अण्डा त खाइरहनुभएको छैन …? २ मिनेटमै यसरी चिन्नुहोस्

काठमाडौँ । बजारमा नक्कली अण्डा बिक्री भइरहेको तपाईंले सुन्नुभएकै होला । कृत्रिम अण्डा बेच्ने गिरोह पछिल्लो समय भारतमा ठूलै सवाल बनिरहेको छ।

त्यसैले एउटा सचेत उपभोक्ताको रुपमा हामी सजग रहनै पर्दछ । किनकी त्यस्तो अण्डा स्वास्थ्यका लागि फाइदाजनक हुँदैन। यहाँ यस्ता केही तथ्यहरुबारे उल्लेख गर्न लागिएको छ, जसबाट तपाईंले खाइरहनुभएको अण्डा कृतिम हो कि सक्कली हो, सजिलै चिन्न सक्नुहुनेछ।

सक्कली अण्डाको बोक्रा असाध्यै चम्किलो हुँदैन। जबकी नक्कली अण्डाको बोक्रा एकचमै चम्किलो र उज्यालो देखिन्छ।

सक्कली अण्डाको सतहमा छुँदा नरम र चिल्लोजस्तो लाग्छ भने कृतिम अण्डाको सतह अलि खस्रो लाग्नेछ।

सक्कली अण्डा हल्लाउँदा कुनै आवाज आउँदैन । नक्कली अण्डा हल्लाउँदा भित्र केही हल्लिएको आवाज आउँछ।

सक्कली अण्डा केलाउँदा वा नंग्याउँदा पहेंलो भाग छुट्टै देखिन्छ । नक्कली अण्डामा पहेंलो र सेतो झोल मिलेको जस्तो देखिन्छ।

नक्कली अण्डाको बोक्रा वा खबटा छिट्टै डढ्छ । यो बढी तात्दा वा जल्दा प्लास्टिक बल्दा आउनेजस्तो गन्ध आउँछ।

Related Articles

Back to top button