समाचार

अचानक फेरिए प्रचण्डका निजी सुरक्षा कमाण्डर, ५९ जना सुरक्षाकर्मी अगाडी पछाडी

काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का निजी सुरक्षा कमाण्डर अचानक फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद घिमिरेलाई दाहालको पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) का रुपमा खटाएको छ ।

यसअघि प्रचण्डको सुरक्षामा खटिएका डीएसपी नरेशराज सुवेदीको रोल्पामा सरुवा भएपछि घिमिरेलाई खटाइएको हो । दाहालको सुरक्षामा हाल डीएसपीको नेतृत्वमा नेपाल प्रहरीका २९ र प्रहरी निरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीका ३० गरी ५९ जना खटिने गरेका छन् ।

प्रचण्डमाथि रहेको सुरक्षा थ्रेटलाई विश्लेषण गरेर गृहमन्त्रालयले यो सुविधा दिएको हो । नेपालमा कार्यकारी प्रधानमन्त्रीपछि ठूलो संख्यामा सुरक्षाकर्मी पाउँने व्यक्ति प्रचण्ड हुन् ।

Related Articles

Back to top button