भिटामिन डि को कमि आफैँमा एउटा रोग हो,भिडियोबाट जानकारी लिऔँ
काठमाडौं- कन्सल्टेन्ट फिजिसियन (मेडिसिन विशेषज्ञ) डा. रक्षा गौतमले भिटामिन डि को कमि आफैँमा एउटा रोग हो तर यस्ले अर्को रोग लगाउने भन्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पार्नु भएको छ । उहाँले भिटामिन डि को कमि खानपान भन्दा पनि सन लाइन एक्सपोजर नहुँदा देखिने भएकाले विहान ८ देखि ११ बजेको घाममा आधादेखि एक घण्टासम्म शरिरमा घाम पर्ने गरि बस्नु पर्ने बताउनुभयो ।
मेडिसिन विशेषज्ञ डा. गौतमका अनुसार मान्छेहरूले अहिले घरै भित्र बसेर गर्ने कामहरू धेरै गर्ने विशेष गरि शहरीया जीवनयापन भएका व्यक्तिमा त्यसो समस्या देखिने गरेको बताउनुभयो । ‘भनौ न, अफिस गयो दिनभरि कोठा भित्र बस्यो एसिमा बस्यो घाममा त्यति धेरै सम्पर्कमा नआउने व्यक्तिमा यसको कमी देखिन्छ’- उहाँले भन्नुभयो ।
मेडिसिन विशेषज्ञ डा. गौतमले दिउँसो घामको सम्पर्कमा आदाँ भिटामिन डि त्यति नपाइने भएकाले दिउँसोको भन्दा बिहानपखको घाम नै उत्तम रहेको स्पष्ट पार्नु भयो । उहाँले दिउँसो आउने घाममा अल्ट्राभ्वाइलेट रे बढि हुने भएकाले यस्तो घाम ताप्नुदा फाइदा भन्दा खतरा बढि रहने जानकारी दिनुभयो ।विस्तृतमा कन्सल्टेन्ट फिजिसियन (मेडिसिन विशेषज्ञ) डा. रक्षा गौतम के भन्नु हुन्छ त, भिडियोबाट जानकारी लिऔँ –
narayani pati