घर बनाउने वा किन्ने सोचमा हुनुहुन्छ ? पालना गर्नुहोस् वास्तुका यी ८ नियम….
हरेक मानिसको सुरक्षित वासको सबैभन्दा भरपर्दो विकल्प हो उसको घर । घर बनाउन मानिसले आफ्नो बर्षाैको मेहनत खर्चेको हुन्छ । तसर्थ यसरी बनाइने घरलाई धार्मीक र वास्तुका नियमहरु पालना गरेर बनाउनु उपयुक्त हुन्छ । वास्तुमा घर सम्बन्धी केहि टिप्सहरु दिएको छ । जसलाई पालना गरेमा घरमा शान्ति, समृद्धि र ऐश्वर्य प्राप्तहुने मान्यता छ।
१. पर्खालको मोटाई
घर बनाउँदा यसको पर्खालमा विशेष ध्यानपुर्याउनु पर्ने हुन्छ । घरको दक्षिण र पश्चिमतर्फका पर्खाललाई उत्तर र पूर्वतर्फका पर्खालभन्दा केहि अग्लो र मोटो बनाउनुपर्छ।
२. सडकभन्दा अग्लो जमिन
घर बनाउने अभिप्रायले किन्नलागेको जमिनवा घर किन्दा सडक भन्दाअग्लो जमिन वा सडकको सतहभन्दा घर बनेको जमिनको सतहअग्लो भएको किन्नुपर्छ । यदि केहि गरी होचो भएमा त्यसलाई अग्लो बनाउने तर्फ लाग्नुपर्छ । अन्यथा, सडक सतहभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आइलाग्छ।
३. दक्षिण पश्चिममा अग्ला रुख
घरको दक्षिण र पश्चिमदिशामाअग्ला रुख हुनुपर्दछ । घरका यी दिशामा अग्ला रुख भएमा दुर्भाग्य हट्ने, परिवारमा संकट आउने र सम्वृद्धि आउने मान्यता छ।
४. मध्यभागमा खाली
घरको मध्यभाग खाली हुनुपर्दछ । केहि गरी घर बनिसकेको भए, त्यस स्थानमा अन्य केहि वस्तु वा भार राख्नु हुदैँन । सकेसम्म यस्ता स्थानमा निर्माण कार्य गर्नु हुदैन, गर्नु परे पनि मन्दिर बनाउनु पर्दछ । यो भागलाई ब्रह्मस्थान मानिन्छ।
५. भण्डार कक्ष
घरको महत्वपुर्ण कक्षका रुपमा भण्डार कक्षलाई मानिन्छ । तसर्थ यो कक्ष बनाउँदा दक्षिण पश्चिम वा पश्चिम भागमा बनाउनुपर्छ । यसो गर्नाले समृद्धिको बाटो खुल्ने मान्यताछ।
६. झ्याल ढोकाको सफाइ
घरको ढोका र झ्यालको नियमित सफाइ हुनुपर्छ । किनकि घरमा आउने धन यीनै मार्गबाट आउने मान्यता छ । यदी झ्याल ढोका सफा नभएमा धन प्राप्तिमा बाधा पुग्दछ।
७. मुख्यद्वारमा सज्जा
घरमा समृद्धि ल्याउन घरको मुख्यद्वारलाई हमेशा सजाएर राख्नु पर्दछ । घर नम्बर वा निवास लेखेको भागमा सधै उज्यालो हुनुपर्दछ।
८. चराकालागी डुँड
मानिस झै अन्य प्राणी आफ्नो हरेक कुराको जोहो गर्न सक्दैन । तसर्थ घरमाअन्य प्राणीका लागी सम्भव नभएपनि कुनै एक भागमा चराहरू चारो वा पानी दिने डुँड बनाउनु पर्दछ । यसो गर्नाले त्यस घरमा सकारात्मक ऊर्जा र धनप्राप्तिको योग हुन्छ।