समाचार

घरमा धन, सुख र शान्ति बर्षाउनका लागि घरकाे याे स्थानमा कछुवा राख्नुहाेस् र हेर्नुहाेस् चमत्कार

घरमा धन, सुख र शान्ति बर्षाउनका लागि घरकाे याे स्थानमा कछुवा राख्नुहाेस् र हेर्नुहाेस् चमत्कार

अघिल्लो वर्षको विनाशकारी भूकम्पले भक्तपुर नासमनाकी बुद्धलक्ष्मी शिल्पकारको घर भत्कियो र अहिले बुद्धलक्ष्मी सोही स्थानमा भग्नावशेष हटाएर नयाँ घर बनाउँदै छन् । तल्लो तलाको गाह्रो उठाउने काम भइरहेको छ ।।

नयाँ घरको जगमा भने उनले ढुंगाको राखेकी छन् ,घर बलियो हुने विश्वासले घरको जगमा कछुवा राखेको उनी बताउँछिन् । ॅकछुवाले घर थामिराख्छ नि । पहिलेको घर भत्कियो अब नभत्कियोस् भनेर कछुवा राखेको,’ उनले भनिन् ।

कछुवाले भार  थाम्ने विश्वास :- कछुवाले घरको भार थाम्ने र जग बलियो हुने विश्वास काठमाडौं उपत्यकाका नेवारी समुदायमा विद्यमान छ। नेवारी संस्कृतिका जानकार भूप्रकाश जोशी भन्छन्, ॅघरको भार थाम्ने विश्वासका कारण नेवार समुदायमा घरको जगमा कछुवाको मूर्ति राख्ने चलन छ ।’ प्राचीन कालदेखि नै प्रचलनमा रहेको यो परम्परालाई काठमाडौंका नेवार समुदायले निरन्तरता दिँदै आएको हो। संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ पनि नेवार समुदायले यसलाई कुनै न कुनै रुपले निरन्तरता दिँदै आएको बताउँछन् ।।

दुई सयदेखि १५ सयका कछुवा :- ढुंगाका कलात्मक कछुवा बेच्नेले अहिले प्रशस्त व्यापार गरिरहेका छन् । भक्तपुर नागपोखरीका आशाकाजी रञ्जितकार मूर्ति बनाउँछन् । घर बनाउने साइत परेका बेला दैनिक १५ वटासम्म कछुवाको मूर्ति बिक्री गरेको उनी बताउँछन् । झन्डै नौ वर्षदेखि ढुंगाका सामान बनाउँदै आएका रञ्जितकार भन्छन्, ञयसपालि वर्षाको मौसम गएपछि व्यापार बढ्न थालेको हो । झ

मानिसहरू दुई सय रुपैयाँदेखि १५ सयसम्मका कछुवा खरिद गर्छन् । भूकम्पले भत्किएका घर बनाउन थालिएकाले हिजोआज अरु देवीदेउताका मूर्ति र सामानभन्दा कछुवा नै बनाइरहेको उनले बताए । ॅअरु मूर्ति कहिलेकाहीँ मात्र बिक्री हुन्छ तर आजभोलि धेरै बिक्री हुने कछुवा नै हो,’ उनले भने । नयाँ भवन बनाउँदा जगमा ढुंगाको कछुवाको मूर्ति राख्ने चलनले गर्दा नेपाली प्रस्तर कलाको पनि प्रवर्द्धन भएको रञ्जितकारको भनाइ रहेकाे छ ।

माटो र तामाको कछुवा :- उपत्यकाका नेवार समुदायमा घर बनाउँदा जगमा ढुंगाको कछुवा राख्ने चलन भए पनि कसैकसैले माटो र तामाका कछुवा पनि राख्ने गर्छन् । कछुवालाई लक्ष्मीको प्रतीकको रुपमा मात्र राखिने भएकाले सजिलोका लागि माटो र तामाका कछुवा राख्ने गरेको भूप्रकाश जोशी बताउँछन् ।

वास्तुशास्त्र अनुसार घरको जग किटान गरिसकेपछि जग हाल्ने साइत हेरिन्छ। साइतको दिन विधिपूर्वक जगमा पूजाप्रार्थना गरिन्छ। घर बनाउने जमिनको पञ्चत्ववलाई समेबजी छरिसकेपछि जगमा ढुंगाको कछुवा राखिने जोशीले बताए । नयाँ जगको पूर्व र उत्तरको बीचमा पर्ने इशानकोण पर्ने स्थानमा कछुवाको मूर्ति राखिने उनले बताए।

निरन्तर प्रचलनमा रहेको परम्पराको वैज्ञानिक र वास्तुशास्त्रीय महत्ववको अध्ययन गर्न आवश्यक रहेको जानकार बताउँछन् ।पुराताविक महत्वका स्तम्भ र भौतिक संरचनाको जगमा ढुंगाका कछुवा राख्ने चलन भए पनि यसको प्राविधिक महत्ववको भने त्यति अध्ययन नभएको इन्जिनियर गोपाल झाले बताए ।।

धार्मिक तथा सांस्कृतिक महत्व :- सांस्कृतिक सहर भक्तपुर पुगेका धेरैजसोले दत्तात्रेय मन्दिर अवलोकन गरेका हुन्छन् । मन्दिर वरपर घुम्दै तस्बिर लिन्छन् । मन्दिरको दर्शन गर्छन् र मन्दिरका विभिन्न भागमा कुँदिएका काष्ठकला पनि मानिसको मन लोभ्याउन पर्याप्त छ । त्यही मन्दिरको प्रांगणमा रहेको गरुड स्तम्भ र सिंह स्तम्भको जगमा भने कमैको आँखा पुगेको हुनुपर्छ। दत्तात्रेयको गरुड स्तम्भ र सिंह स्तम्भ ढुंगाको कछुवामाथि उभिएका छन्, जसले नेपाली वास्तु परम्पराको चाखलाग्दो इतिहास बोल्छ ।

नेपालको हिन्दू संस्कृतिमा कछुवालाई लक्ष्मीको प्रतीकको रुपमा मान्ने चलन छ। घरमा कछुवा वा कछुवाको मूर्ति राखेमा धन प्राप्ति हुने विश्वास गरिन्छ । कछुवा धनकी देवीको रुपमा पूजा गरिने लक्ष्मीको वाहन पनि हो । त्यसकारण कुनै पनि पक्की संरचना बनाउँदा जगमा कछुवाको मूर्ति स्थापना गर्ने प्रचलन रहेको छ । साभार नयाँ पुस्ता

Related Articles

Back to top button