आज असोज १७ गते शनिबार ,संकटा मन्दिरको दर्शन गरि ग्रह कटाउनुहोस, हेर्नुहोस आजको राशिफल
वि.सं.२०७७ साल असोज १७ गते । शनिबार । ईश्वी सन् २०२० अक्टोबर ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–द्वितीया,५८ घडी ४८ पला,रातको ०५ बजेर २९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–रेवती,०६ घडी ३३ पला,बिहान ०८ बजेर ३५ मिनेट उप्रान्त अश्विनी । योग–व्याघात,४२ घडी १० पला,बेलुकी १० बजेर ५० मिनेट उप्रान्त हर्षण । करण– तैतिल,बेलुकी ०४ बजेर २६ मिनेट उप्रान्त गर,रातको ०५ बजेर २९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मीन,बिहान ०८ बजेर ३५ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४५ मिनेट । दिनमान ३० घडी ३० पला । पञ्चक समाप्ती ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
माया प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवार तथा आफन्तको साथ सहयोग पाईनाले मन प्रशन्न रहनेछ । समाजसेवामा समय दिन सक्दा मान तथा सम्मानमा बृद्धि भएर जानेछ । बिलाशी तथा भौतिक सम्पति तथा बस्तुको प्रयोग मार्फत रमाईलो गरि दिन बिताउन सकिनेछ । अध्ययन तथा अध्यापनमा समय दिनेहरुले भनेजस्तो सफलता हात लाग्नेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार व्यावसाय फस्टाएर जानेछ भने कामकै सवादमा समाजका बिशिष्ट व्याक्तित्वहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा मन जाने तथा रुचिको बिषयमा राम्रो प्रगति गर्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक सहयोग प्राप्त हुनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिसँग रमाईलो स्थानको भ्रमण गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सर्जनात्मक तथा लेखन शैलिमा बिकास हुनेछ भने अध्ययन अध्यापनमा बिजयको योग रहेकोछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्नो सस्कार तथा सस्कृतीको जगेर्ना गर्ने काममा समय दिनु पर्नेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार व्यावासायमा अलि बढिनै समय खर्चिदा राम्रो मुनाफा कमाउँन सकिनेछ भने बित्तिय क्षत्रसँग सम्बन्धित लगानि फस्टाएर जाने ग्रहयोग रहेकोछ । पुराना बिवादित बिषयहरुको फैसला तपाईकै पक्षमा हुने हुदा मन प्रशन्न हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने तपाईप्रति सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
लगनशिल तथा ईमान्दारिता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न गर्न सकिनेछ भने आर्थिक रुपमा सबल हुँने समय रहेकोछ । बिशिष्ट व्याक्तिहरुको संगतले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप भने देखिन सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्ति रहनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । स्कुल,कलेज तथा शैक्षिक क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नुहुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रश्ताब आउनेछ । मन परको मानिसबाट भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यावसायमा राम्रो प्रगति हँुन गई आर्थिक सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । तर्कपुर्ण तथा शाहशिक बोलिको प्रभावले प्रभावशालि ब्याक्तित्वहरुलाई सजिलै बसमा पार्न सकिनेछ । आधुनिक कृषि तथा पशुपालन व्यावसाय अबलम्बन गर्ने किसानहरुले आवस्यक पर्ने औजारहरु राज्यबाट प्राप्त गर्न सक्नेछन् । घर जग्गा तथा सवारि साधनको कारोबारबाट भने जस्तो नाफाँ कमाउँन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने राम्रै आम्दानि हुँने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । आट तथा साहस बढेर जानेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुनेछ । अध्यानमा प्रगति भएर जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । खेलकुद तथा यस्तै शाहशिलो काममा समय लगानि गर्नेहरुले सकारात्मक नतिजा हात पार्नेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । व्यापार व्यावसाय बिशेष गरेर होटल तथा रेष्टुरामा गरिएको लगानिबाट सामान्य धन आर्जन गर्न सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी तारानाथ भण्डारी ।