गौरादह घटना : पतिकै संलग्नता! यसरी लिएका रहेछन् पत्निको ज्यान
काठमाण्डौं । झापाको गौरादहमा भएको श्रीमतीको ज्यान लिएको घटनामा उनकै पतिको संलग्नता रहेको निश्कर्षमा प्रहरी पुगेको छ । घटनास्थलको अवस्था र पोष्टमार्टम रिपोर्टको अध्ययनपछि पतिले नै ज्यान लिएको निश्कर्षसहित प्रहरीले पतिलाई पक्राउ गरेको छ ।
गौरादह नगरपालिका १ स्थित ६५ वर्षीया मनमाया भण्डारीको चार दिन अघि दिउसै घरमै ज्यान गएको अवस्थामा शव फेला परेको थियो । भण्डारीको ज्यान लिएको अभियोगमा प्रहरीले उनका ६४ वर्षीय पति भीमबहादुर भण्डारीलाई पक्राउ गरेको हो । भीमबहादुरलाई पक्राउ गरी जिल्ला अदालतबाट ७ दिन म्याद लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
असोज १२ गते साढे ४ बजे ज्यान लिइएको अवस्थामा मनमाया भण्डारीको शव फेला परेको थियो । पोष्टमार्टम रिपोर्ट र अन्य प्राविधिक अनुसन्धानपछि ह’त्या मा उनकै पतिको संलग्नता देखिएको झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् । मनमायाको ज्यान गएको समयमा उनका पति भीमबहादुर घरमै भएको पाइएको प्रहरीको भनाई छ । जनता टाइम्सबाट