समाचार
अहिले सम्मकै सबै भन्दा धेरै कोरोना भाइरस कोभिड-१९ बाट आज थप २७ सय २२ जनामा संक्रमण पुष्टि
कोरोना भाइरस कोभिड-१९ बाट आज थप २७ सय २२ जनामा संक्रमण पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ८२ हजार ४५० जना पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ३३ सय ७ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ६० हजार ६९६ जना रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ५२० पुगेको छ ।
sajha page