समाचार

बैज्ञानिकले भेटे दुर्लभ जीव जो १ सय वर्ष भन्दा बढी बाँच्छ ७ वर्षसम्म एकै स्थानमा नहल्ली बस्ने सक्ने (भिडियो)

एजेन्सी । र्लभ स्यालामेन्डर (स्थानीय नाम बेबी ड्र्यागन) नाम गरेको जीव १ सय वर्ष भन्दा बढी समयसम्म बाँच्ने गरेको तथ्य बैज्ञानिकले पत्ता लगाएका छन् । दक्षिण पूर्व युरोपको देश बोस्निाया र हर्जेगोविनामा पानीभित्र भएका ५ गुफामध्ये एकमा दुर्लभ स्यालामेन्डर भएको बैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।

आँखा नदेख्ने उक्त जीवले आफ्नो सय वर्ष पानीभित्रै बिताउने गरेको रहस्य बैज्ञानिकहरुले लामो खोज र अनुसन्धानपछि बल्ल पत्ता लगाउन सफल भएका हुन् । मानिसको पहुँचभन्दा टाढा रहेका आधा दर्जन गुफामा वैज्ञानिकले धेरै वर्षदेखि अध्ययन गरेर भारी भर्षाको समयमा ति जीव बाहिर आएसँगै बैज्ञानिकहरुले स्यालामेन्डरको डिएनए परिक्षण समेत गर्न भ्याएका छन् ।

भारी वर्षा नभएको खण्डमा स्यालामेन्डर बाहिर नआएको भए गोताखोरको प्रयोग गरेर गुफाभित्रै गएर उनीहरुको बारेमा अध्ययन गर्दा झनै अप्ठ्यारो हुने गुफा जीवनको अध्ययन गर्ने जीव वैज्ञानिकले बताएका छन् । बैज्ञानिकहरुले गुफाको पानीको स्याम्पल हेरेर १० वटा गुफामा स्यालामेन्डर भएको पत्ता लगाएको छ । जमिनमा आएको करिब ७ देखि ८ वर्षसम्म उक्त जीव एकठाउँबाट अर्को ठाउँमा नगएको रहस्य समेत बैज्ञानिकहरुले पत्ता लगाउन सफल भएका छन् ।

taja khabar

Related Articles

Back to top button