समाचार

६.४ म्याग्नीच्यूडको भूकम्प महशुुस

टोङ्गा । प्रशान्त महासागरीय द्वीपीय राष्ट्र टोङ्गाको नजिकै समुद्री क्षेत्रमा बिहीबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा गएको थियो ।

टोङ्गाको तटीय इलाका नजिकको लिफुका गाउँमा निकै ठूलो भूकम्पको धक्का महशुुस गरिएको भए पनि क्षतिको विवरण प्राप्त भइसकेको छैन । प्रशान्त महासागरीय मुलुक टोङ्गा भूकम्पीय जोखिमयुक्त राष्ट्र हो ।
डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन
झापा । झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई लक्षित गरेर पूर्वपश्चिम राजमार्गले छोएको मेचीनगर–८ जोरसिमलमा आठ बिघा क्षेत्रफलमा होटलको संरचना निर्माण भएका छन् ।

होटल सञ्चालन गर्ने भेगास इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष पवित्रकुमार कार्कीले मुलुकको पर्यटन व्यवसायलाई समृद्ध तुल्याउन स्तरीय होटल आवश्यक हुने भएकोले प्रदेश नं। १ मै पहिलो पाँचतारे होटल सञ्चालन गरिएको बताउनुभयो ।

चन्द्रगढी विमानस्थलबाट १७ किलोमिटर र भारतको बागडोग्रा विमानस्थलबाट २५ किलोमिटरको दूरीमा अवस्थित होटल मेची क्राउनमा रु। एक अर्ब ५० करोड लगानी भइसकेको सञ्चालक कार्कीले जानकारी दिनुभयो । होटल परिसरमा क्यासिनो, हेलिप्याड, स्पा, जिमहाउस, स्वीमिङ पुलल, ग्रीन गार्डेनगायत सुविधा छन् भने भविष्यमा व्यापारिक मल समेत त्यही बनाइने बताइएको छ ।

होटलमा क्यासिनो सञ्चालन भएपछि ९०० जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन् । सम्मेलन, सेमिनार, बैठक र विवाहलगायत कार्यक्रम गर्न सकिने उक्त होटलमा १०५ वटा सुविधासम्पन्न कोठा छन् । झापाको विर्तामोडमा समेत होटल ग्रान्ड प्रिन्स नामक पाँचतारे होटल सञ्चालनको तयारीमा छ । उक्त होटलमा रु। एक अर्ब लगानी भएको बताइएको छ

list khabar

 

Related Articles

Back to top button