समाचार

एक हात बाट राजिनामा र अर्को हात बाट पद पाउने , हेर्नुहोस यी भाग्यमानी अनुहार

सु-दृष्टि खबर :  सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गरेको छ । मुख्य सचिव लोकदर्शन रेग्मीले बिहीबार राजीनामा दिएपछि मन्त्रीपरिषद बैठकले रिक्त पदमा बैरागीलाई नियुक्त गरेको हो । बैठकले बिहीबार नै राजीनामा गरेका रेग्मीलाई बेलायत र निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गर्ने निणर्य पनि गरेको छ । मन्त्रिपरिषद् बैठकले पहिलो एजेन्डाको रुपमा रेग्मीको राजीनामा स्वीकृत गरेको थियो । त्यसपछि सबैभन्दा वरिष्ठ सचिव महेन्द्र गुरागाईंले बैठकमा मुख्यसचिव ले गर्ने जिम्मेवारी सम्हालेका थिए । दोस्रो एजेण्डाको रुपमा मुख्य सचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गरेको हो ।

अर्को समाचार : बिहीबार पनि सुन चाँदीको भाउमा झिनो गिरावट आएको छ । बुधबार तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक २ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९४ हजार रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउ पनि आज २५ रुपैयाँले घटेर तोलामा ११ सय ७५ रुपैयाँ कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Related Articles

Back to top button