समाचार

राष्ट्रिय समाचार समिति(रासस) चितवनका प्रमुख नारायण अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टि

राष्ट्रिय समाचार समिति(रासस) चितवनका प्रमुख नारायण अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासङ्घ चितवनका उपाध्यक्षसमेत रहनु भएका अधिकारीको बुधबार चितवन मेडिकल कलेजको कोभिड–१९ ल्याबमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस अघि मङ्गलबार उहाँकी श्रीमती सुजाता पोखरेललाई सङ्क्रमण पुष्टि भएको थियो । उहाँहरु दुवै जना होम आइसोलेसनमा रहनु भएको छ । दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमित रिपोर्टिङमा हिड्ने क्रममा आफू सङ्क्रमित भएको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो स्वास्थ्य अवस्था अहिले सामान्य छ, हल्का टाउको दुख्नु बाहेक अन्य लक्षण देखिएको छैन ।” चितवनमा बुधबार एकैदिन ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । रासस

Related Articles

Back to top button