समाचार

अम्बाको पात खाएमा मानव स्वास्थ्यलाई फाइदा पुर्‍याउने

काठमाडौँ । हुन त अम्बा हाम्रो घर वरपर पाइने भए पनि यसको फलमा सबैको ध्यान जान्छ किनकी यो एक मिठो फल हो । तर, हामीले अम्बा खाइरहँदा त्यसको पात कसैले वास्ता गरेको हुँदैनन् ।

तर, अम्बाको पात खाएमा मानव स्वास्थ्यलाई फाइदा पुर्‍याउने अध्ययनले समेत देखाइसकेको छ । त्यस्तै आज हामी तपाईलाई अम्बाको पात सेवनको फाइदाहरु बारे जानकारी गराउँछौं ।

यी हुन् अम्बाको पात सेवन गर्नुका फाइदाहरु :
– अम्बाको पातबाट बनेको चिया मधुमेहका रोगीका लागि निकै फाइदाजनक हुन्छ ।
– अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ । साथै कपाल र छाला स्वस्थ बनाउन पनि यसको प्रयोग उपयोगी हुन्छ ।
– ४० ग्राम अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा पखाला कम गराउँछ ।
– अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ ।

अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई निकै फाइदा गर्छ । यसले कलेजो सफा गर्ने काम गर्दछ।

अम्बाको पातले छालादेखि कपालसम्मलाई फाइदा पुर्यािउँछ । यसले कपालको विकासमा सहयोग पुर्या्उँछ । यदि तपाईं कपाललाई लामो बनाउन वा छिटो हुर्काउन चाहनुहन्छ भने पनि अम्बाको पात उपयोगी हुन सक्छ ।

अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निनेलगायतका समस्या समाधान गर्छ

यसले दाँत, घाँटीको दुखाइलाई पनि निको पार्दछ ।

अम्बाको पात सेवन गर्नुहोस् फाइदै फाइदा लिनुहोस्

नेपालमा अम्बा सर्वसुलभ रूपमा पाइने फल हो । नेपालका प्रायः ठाउँमा यसको उत्पादन हुन्छ । तर, मानिसले यसको फल मात्र प्रयोग गर्दछन् । अचम्मको विषय त यो छ कि अम्बाको पात फलभन्दा पनि बढी उपयोगी हुन्छ । अम्बाको पातमा दर्जनौँ रोग निको पार्न सक्ने औषधीय गुण हुन्छ ।

Related Articles

Back to top button