समाचार

सम्झना कामीका ह’त्या आ’रोपी सार्वजनिक

बझाङ प्रहरीले सम्झना कामीका ह’त्या आ’रोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे ह’त्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई आज सार्वजनिक गरेको हो ।
यही असोज ७ गते मष्टा गाउँपालिका –२ खिकालाकी १२ वर्षीया कामीको ह’त्या भएको थियो । गोठमा गाईवस्तुलाई घाँस हाल्न हिँडेकी कामीको शव स्थानीय शिव मन्दिरभित्र अर्धनग्नावस्थामा फेला परेको थियो । अभियुक्त बोहराविरुद्ध अर्की एक बालिकामाथि पनि ज’बर्जस्ती करणी गरेको जाहेरी परेको छ । सोही ठाउँकी १३ वर्षीयालाई ज’बर्जस्ती करणी गरेको जाहेरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक रुपक खड्काले बोहराले ब’लात्कारपछि ह’त्या गरेको सबै प्रमाण रहेको जिकिर गर्नुभयो । अभियुक्त बोहराले भने सो विषयमा मुख खोलेका छैनन् । आ’रोपितका बुवा वीरबहादुरले आफ्ना छोराले अ’पराध गरेको भए फाँ’सीको स’जाय दिन सकिने भए पनि दिनुपर्ने बताउनुभयो

Related Articles

Back to top button