समाचार

मितिनी भन्दै अर्काकी श्रीमती घरमै ल्याएका श्रीमानले बिचल्ली पारेर हिँडे, घरमा खानेकुरा समेत नभएपछि छोराछोरी भोकै…. ! (भिडियो हेर्नुस्)

काठमाडौ । विवाह गरेको लामो समय भइसकेको छ । उनीहरुका बच्चा पनि छन् । छोराछोरी ठूला भइसके तर अहिले आफने परिवारलाई बिचल्ली बनाएर श्रीमान बेपत्ता भएका छन् । छोरी सुनिता बिक बुवालाई सम्झिएर रोइरहन्छिन् । सुनिता विक श्रीमानको पर्खाइमा छन् । विपन्न परिवारका उनीहरुलाई श्रीमानले विचल्ली पारेर गएपछि रोएर दिन बितेको छ । यो घटना दागंको हो । केही समय अघि श्रीमानले घरमै एउटा युवती लिएर आए । उनले ति युवती को हुन् भनेर प्रश्न गर्दा मितिनी हुन् भनेर भनेका थिए । तर अहिले साढे १ वर्ष देखि श्रीमान वेपत्ता छन् ।

उनका श्रीमान विदेशमा थिए । विदेशवाट आएका श्रीमानलाइ लिन उनी काठमाडौ पुगिन् । काठमाडौमै आएपछि उनीहरु होटलमा बसे । तर होटलमै बसेको बेलामा मध्यरातमा उनका श्रीमानलाई अर्की महिलाले फोन गरेको थाहा पाइन् । महिलाको फोन आएपछि उनका श्रीमान कोठावाट बाहिर निस्केर निकै लामो समय सम्म कुरा गरे । मध्यरातमा श्रीमान उठेर घण्टौं कुरा गरेको सुनेपछि श्रीमतीले को महिला हुन् भनेर प्रश्न गरिन् ।

उनले मितिनी हुन् उनीसंगै कुरा गरेको हो भनेर जवाफ दिए । श्रीमतीसंग घर फर्किएका उनी श्रीमतीलाई घरमा छोडेर फेरी उनी काठमाडौ फर्किए । काठमाडौ फर्किएर उनी एक महिना यतै बसे । काठमाडौवाट फर्किदा उनको हातमा चाँदीका ब्रासलेट देखेपछि यो कसले बनाइदियो ? भनेर प्रश्न गर्दा उनले साथीले बनाइदिएको बताएका थिए । अहिले उनका श्रीमान डेढ वर्ष देखि बेपत्ता भएका छन् । त्यही महिलासंग श्रीमान गएको हुनसक्ने उनको शंका छ । सानै उमेरकी छोरी अहिले बुवाको पर्खाइमा छन् ।

Related Articles

Back to top button