प्रमिलालाई जब उनका छोराछोरीले प्रहरी कार्यालयमै भेटे, छोराले भने ‘ममी घर हिड्नुस्’ … ! (भिडियो हेर्नुस्)
काठमाडौं । एक महिना भन्दा धेरै दिन देखि सम्पर्क विहिन भएकी प्रमिला सुनारका दुई छोराछोरीले आज प्रहरी कार्यालयमा भेटेका छन् । आमा अर्कै पुरुषसंग सुनवलमा फेला परेपछि प्रहरीले कार्यालयमा लिएर गएको थियो । उनलाई सुनौली स्थित एक कोठावाट प्रहरीले लिएर गएको हो । उनी नेपालगन्जमा एक पुरुषसंग एक महिना यता संगै बस्दै आएको छिमेकीले बताएका छन् । श्रीमती सम्पर्क विहिन भएपछि चितवनका सन्तोष सुनार रुँदै मिडियामा श्रीमतीको खोजिका लागि सहयोग माग्न थालेका थिए । एक महिना पछि उनी अन्तत फेला परेकी छन् ।
दुई छोराछोरीकी आमा समेत रहेकी प्रमिला सम्पर्क विहिन भएपछि उनका श्रीमान र परिवारका सदस्य निकै चिन्तित थिए । आफुले सम्भावित स्थानमा खोजि गर्दा पनि फेला नपरेपछि उनले मिडिया गुहारेका थिए । एक महिना देखि खोजिमा रहेकी उनकी श्रीमती प्रमिला सुनार सुनौलीमा भेटिकी हुन् । आमालाई भेट्न छोरा बशन्त र दिपा प्रहरी कार्यालय गएका थिए ।
दुई बालबालिकाले यतिका दिन पछि आमालाई देख्न पाउँदा माया लागेको बताए । युट्युवरले ति साना बालबालिकालाई प्रश्न सोध्दा दिपा त बोल्नै सकिनन् । बशन्तले भने आमालाई पहिलो पटक भेट्दा नरमाइलो लागेको बताए । उनी आमालाई देखेर रोए त्यतीबेला आमाले नरोउ भनेर भन्दा प्रहरी आन्टीले आमालाई पिटेको बताए । ममीलाई पिटेको देखेर प्रहरी आन्टी देखि रिस उठेको बताए । ममीको हालत देखेर निकै रुन मन लागेको बताए । बुवासंग बसेर आफु रोएको सुनाए ।
बिगत १ महिना देखि हराईरहेकी चितवन उज्ज्वल नागरकी प्रमिला सुनार भैरहवा सुनौली बाट एक जना पुरुष संगै भेटिएकी हुन् । वैदेशिक रोजगारीमा साउदीमा काम गर्दै आएका पति सन्तोष सुनारको कमाएको पैसा र अन्य कागज सहित दुई बच्चालाई छोडेर प्रमिला गत मंगसिर २४ बाट हराएकी थिइन् । स्रोतको अनुसार प्रमिलाको साथमा एक जना पुरुष पनि फेला परेको बुझ्नमा आएको छ। यद्धपी यसको बारेमा पत्रकारको फेसवुक स्टाटस बाहेक अन्य कुनै आधिकारीक सूचना भने प्राप्त भएको छैन ।
श्रीमती हराएको भन्ने खबर सुनेर बिदेशबाट ईमरजेन्सी भिजामा आएका श्रीमान बिगतका केहि दिनदेखि रुँदै श्रीमतीको खोजीमा लागेका थिए भने उनले सबै मिडियालाई सहयोगको लागि अपिल गरेका थिए।