समाचार

आज सोमबार चोखो मनले भगवान शिवको दर्शन गर्दै, ॐ लेखेर आजको दिनको सुरुवात गर्नुहोस

भगवान शिवजीलाई खोज्न भनेर इन्द्रसहित सब देवता अकाशमार्ग हुंदै स्वर्गलोक पनि घुमे तर कतै पत्ता पाउन सकेनन् । यसरी अनेक लोक घुम्दा पनि भोलेनाथको दर्शन नपाएपछि उनीहरुले अव एकपटक पृथ्वीलोकमा गएर खोजौं भन्ने अठोट गरे । अनेक वन, उपवन आदिमा खोजे तर पनि दर्शन पाएनन् । पृथ्वीमा उनीहरुले राखेको पैतालाले गर्दा घांस नै मडारिएर जमीन देखियो, तैपनी पाएनन् ।

आखिरमा केही नलागेर उनीहरु ब्रम्हाजीको शरणमा गए । व्रम्हाजीले एकाग्र मनले ध्यान गर्नुभयो अनि सबैलाई श्लेशमान्तक बनमा नखोजिएकोले त्यहां जाऊं भनेर आकाशमार्ग हुंदै त्यहां पुग्नुभयो । त्यो सुन्दर वनमा अनेक गुफा, कन्दराहरु थिए । तपस्वीहरु तपस्यामा तल्लिन भएका थिए । स्वच्छ जल भएको नदी बगेको थियो । देवताहरुले रथ र सारथीहरुलाई छोडेर पैदल नै त्यस बनमा पसे । खोज्न थाले, तर कतैपनि भोलेनाथको दर्शन पाएनन्

खोज्दा खोज्दै उनीहरुले एक सुन्दर कन्याको दर्शन पाए । कन्याको दर्शनका बारेमा सबैले ब्रम्हाजीलाई जिज्ञाशा राखे । व्रम्हाजीले पनि ध्यान दृष्टिले हेर्नु भयो र हिमालयकी पुत्रीले यीनै कन्याको रुपमा दर्शन दिएकी हुन् भन्ने निश्चय गर्नुभयो । सबै देवताहरु पहाडको टाकुरामा चढेर तलतिर हेर्न थाले । उनीहरुले अकस्मात मृगको झुण्ड देखे । त्यसै झुण्डको बीचमा मृगको रुपमा भगवान् शंकरको दर्शन पाए । त्यो मृगको एउटा सिङ र एउटा खुट्टा तथा अति चमकिलो थियो ।

सबै मिलेर मृगको सिङमा समाते तर मृग भाग्न खोज्दा सिङको टुप्पो इन्द्रको हातमा, बीचको भाग ब्रम्हाजीको हातमा र जरा भगवान् नारायणको हातमा पर्न गयो । यसरी तीनै जनाले समाउनाले सिङ तीन भागको भयो । मृग आकाशमा अलप भयो । भालेनाथ शिवजीले आकाशबाटै देवताहरुलाई हप्काएर भन्नुभयो, “हे देवताहरु, मैले तपाईहरुलाई ठगें । अव मलाई देख्न सक्नुहुन्न । तपाईहरुसंग आ आफ्नो भागमा परेको सिङले नै चित्त बुझाउनुस् । यो श्लेषमान्तक बन हो, मेरो विधिपूर्वक स्थापना यहीं गर्नु, यो बन पुण्य क्षेत्र हुनेछ, पृथ्वीलोकमा भएका सबै तीर्थ, समुद्र तथा नदीहरु सबै यहीं आउनेछन् ।

 

Related Articles

Back to top button