समाचार

नेपालीलाई विद्यार्थी भिसा २ बर्षको मात्रै, अरु मापदण्ड यस्ता छन्

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले एफ भिसामा आउने विद्यार्थी, जे भिसामा आउने एक्सचेन्ज भिजिटर र आई भिसामा आउने मिडियाकर्मीहरुको अमेरिका बसाईको अवधि तोक्नका लागि प्रस्ताव गरेको नयाँ नियम आज फेडरल रजिस्टरमा प्रकाशित भएको छ । यो नियमका लागि ३१ दिनको कमेन्ट अवधि राखिएको छ । त्यसपछि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अन्तिम नियम प्रकाशित गर्नेछ ।

यो नियम लागु भएपछि नेपाल लगायतका कैयन देशका विद्यार्थीहरुले पोर्ट अफ इन्ट्रीमा आइसकेपछि २ बर्षकोमात्र विद्यार्थी भिसा पाउनेछन् भने अन्य देशका विद्यार्थीहरुले पोर्ट अफ इन्ट्रीमा आइसकेपछि अधिकतम ४ बर्षसम्मको मात्र विद्यार्थी भिसा पाउनेछन् । त्यस्तै आई अर्थात् मिडिया भिसामा आउनेहरुले पोर्ट अफ इन्ट्रीमा आइसकेपछि ८ महिनाकोमात्र भिसा पाउनेछन् भने आवश्यक परेमा ८ महिनाका लागि भिसा लम्बाउन सक्नेछन् ।

विद्यार्थी भिसामा आउनेहरुलाई पोर्ट अफ इन्ट्रीमा २ बर्षको भिसा दिने कुराको निर्धारण २ वटा मुख्य मापदण्डका आधारमा गरिनेछ ।

पहिलो, विद्यार्थी भिसा र एक्सचेन्ज भिजिटर भिसामा कुनै पनि देशका नागरिकको ओभरस्टे दर १० प्रतिशत भन्दा बढी रहेको छ भने उनीहरुलाई पोर्ट अफ इन्ट्रीमा आइसकेपछि २ बर्षकोमात्र विद्यार्थी भिसा दिइनेछ । यसमा एफ, एम र जे भिसामा आएर ओभरस्टे हुनेहरुको प्रतिशत गणना गरिनेछ । यी भिसामा आएर ओभरस्टे हुने नेपालीहरु झण्डै साढे १३ प्रतिशत छन् ।

यसअगाडि विद्यार्थी भिसामा आउनेहरुले ड्युरेशन अफ स्टाटसको छाप प्राप्त गर्दै आएका थिए । तर नयाँ नियम लागु भइसकेपछि मिति तोकिनेछ । भिसाको अवधि थप्नुपरेको खण्डमा भिसाको उल्लंघन भएको ठहर भएमा र भिसाको अवधि थप्ने अनुरोध अस्वीकार भएको खण्डमा अस्वीकार भएकै मितिबाट गैरकानुनी उपस्थीतिको गणना सुरु हुनेछ ।

दोश्रो, यो नियम लागु भएमा आतंकवादलाई सहयोग गरेका राज्यको अमेरिकी सुचीमा रहेका देशका विद्यार्थीहरुलाई पनि २ बर्षकोमात्र विद्यार्थी भिसा दिइने भएको छ । उत्तर कोरिया, इरान, सुडान सिरिया लगायतका मुलुकहरु यो सुचीमा रहेका छन् । अर्थात् यी देशका विद्यार्थीहरुले २ बर्षकोमात्र विद्यार्थी भिसा पाउनेछन् ।

khasokhash

Related Articles

Back to top button