समाचार

आउँदो असोज १५ भित्र विद्यार्थीलाई अनिवार्य रूपमा भर्ना गर्नुपर्ने

काठमाडौँ /११ असोज – शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले आकस्मिक कार्ययोजना सार्वजनिक गरे संगै असोजको दोस्रो साताभित्र पढाउनु अघिको सबै योजना तयार गर्न आकस्मिक कार्ययोजना सार्वजनिक भयो ।

कार्ययोजना अनुसार असोजको दोस्रो साताभित्र पढाउनु अघिको सबै योजना तयार गर्न स्थानीय तह, र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिइएको छ ।

कर्ययोजना अनुसार वैकल्पिक विधिको सिकाइमा सहभागी गराउन विद्यालयले आउँदो असोज १५ भित्र विद्यार्थीलाई अनिवार्य रूपमा भर्ना गर्नुपर्ने भएको छ । हाल विद्यालयमा भर्ना हुन बाँकी रहेका तथा स्थानान्तरित विद्यार्थीलाई असोज दोस्रो साताभित्र अनिवार्य रूपमा भर्ना गराउन सरकारले विद्यालयलाई ताकेता गरेको छ ।

स्थानीय तहको सहयोगी भूमिकामा असोज १५ भित्र जसरी भए पनि विद्यालयले अनिवार्य रूपमा भर्ना गर्नुपर्ने शिक्षाको मन्त्रालयले निर्देशन दिएको छ ।

khabar education

Related Articles

Back to top button