समाचार
माइतीघर मण्डलामा बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै दुई विद्यार्थीले प्रदर्शन
काठमाडौं, १० असोज । बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै दुई विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरुले शनिबार (आज) काठमाडौंको माइतीघर मण्डलामा बलात्कारीलाइ फाँसीको सजाय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
केही समय अगाडि बझाङकी १२ वर्षीया सम्झना कामीकोे बलात्कारपछि हत्या गरिएको थियो । सोही घटनाका बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै विद्यार्थीहरु पूजा गडेल र दीपा जैसीले प्रदर्शन् गरेका हुन् ।
उनीहरुले ‘सरकार बलात्कारीलाई फाँसी दे’, ‘मलाई माया गर बलात्कार होइन’लगायतका ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
new24