समाचार

एक अनौठो समाचार सार्वजनिक,झुक्किएर नेपाली कांग्रेसमा प्रवेश गरेका नेकपाका कार्यकर्ता फेरी नेकपामा वापास

काठमाडौ । दाङवाट एक अनौठो समाचार सार्वजनिक भएको छ । झुक्किएर नेपाली कांग्रेसमा प्रवेश गराएको भन्दै दाङका १९ जना कार्यकर्ता फेरी नेकपामा फर्किएका छन् । असोज ३ गते एउटा कार्यक्रमका लागि भन्दै बोलाएर झुक्याएर आफुहरुलाई नेपाली कांग्रेसको पार्टी सदस्यता दिइएको भन्दै उनीहरु फेरी नेकपमा फर्किएको जनाएका छन् । उनीहरुले बुधवार एक विज्ञप्ती जारी गरी आफुहरु फेरी नेकपामा फर्किएको जनाएका छन् ।

गत असोज ३ गते दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ हर्षेडाँडामा नेपाली कांग्रेसको चियापान कार्यक्रम भन्दै बोलाएर कांग्रेसको राप्ती गाउँपालिका २ नम्बर वडाका विभिन्न टोलबस्तीका १९ जना नेकपाका कार्यकर्तालाई झुक्याएर कांग्रेस प्रवेश गरेको रसिद थमाएको उनीहरुको दावी छ । असोज ५ गते विज्ञप्ती जारी गर्दै आफुहरुलाई झुक्याएर कांग्रेस प्रवेश गराएको बताएका छन् ।

सिधा पत्र अनलाईनमा ओमप्रकाश गुप्ताले लेखेको समाचारमा कांग्रेसका साथीहरूले हर्षेडाँडामा चियापान तथा भेटघाट कार्यक्रम छ भनि बोलाए पश्चात् हामी सवैलाई कार्यक्रममा उपस्थित गराइयो र पार्टीको सदस्यता लिनुपर्छ भनि आग्रह अनुरोध गरेपछि नबुझेर एउटा रसिद लिइएको उल्लेख छ । उक्त रसिद नेपाली कांग्रेसको पार्टी सदस्यता रहेछ विज्ञप्तिमा भनिएको छ । उनीहरूले नेपाली कांग्रेसको विचार र सिद्धान्त मेल नखाने हुँदा आजको मिति देखि कांग्रेसमा प्रवेश गरेका हामी सवै नेपाली कांग्रेस पार्टी परित्याग गरि पुन नेकपामा फर्किएको विज्ञप्ति मार्फत सवैमा जानकारी गराएका छन् ।

यता नेपाली कांग्रेस राप्ती गाउँपालिकाका इकाई सभापति दुर्योधन पाण्डेले भने कोही कसैलाई झुक्याएर कार्यक्रममा नलगेको र जवरजस्ती पार्टी प्रवेश नगराएको दावी गर्नु भएको छ । नेपाली कांग्रेसमा प्रवेश गरेका नेकपाका कर्याकर्ता आफु खुसी पार्टी प्रवेश गरेको बताउनु भएको हो

nepali viral news

Related Articles

Back to top button