समाचार

होम आइसोलेसनमा बसेका बर्दियाका एक कोरोना संक्रमितको मृत्यु

१० असोज, बुटवल । बर्दियाको गुलरियामा कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि शनिबारभेरी अस्पताल नेपालगञ्ज लगिएको थिगयो । तर बाटोमै उनको मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

गुलरिया नगरपालिका-७ का उनलाई कोरोना संक्रमण भएको असोज ७ गते पुष्टि भएको थियो ।

यो पनी :

मास्कको उचित प्रयोग गर्ने

— भौतिक दुरी (कम्तीमा दुई मिटर) कायम गर्ने

— सकभर घरबाहिर ननिस्कने

— साबुनपानीले नियमित हात धुने

— कुनै वस्तु छोएमा सेनिटाइजर प्रयोग गर्ने

— हातले नाक, मुख, आँखा वा शरीरका अंग नछुने

— संक्रमणको कुनै लक्षण देखिएको महसुस भए होम आइसोलेसनमा बस्ने र नजिकैको अस्पताल जाने

 

Related Articles

Back to top button