समाचार

१२ वर्षीय नाबालिकाको ब’लात्कार गरी ह’त्या गर्नेरीलाई हदैसम्मको कारवाही गर्न माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शं’कास्पद अवस्थामा ह’त्या भएको घटना निन्दनीय भएको बताउनुभएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभयो, “प्रारम्भिक विवरणअनुसार सम्झनाको ब’लात्कार गरी ह’त्या गर्ने जघन्य अ’पराधमा संलग्न जो कोही भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न सरकारसँग माग गर्दछु ।” गएका केही महिनायता देशभरि नै दलित समुदाय विरुद्ध आ’क्रमण र हिं’साका घटनाहरु बढ्दै गएका छन् । रुकुम पश्चिममा नवराज विकलगायतका छ जना युवाहरुको नृशंस ह’त्यापछि मधेशमा पनि दलित समुदाय विरुद्ध ह’त्या र हिं’साका घटना भएका छन् । निर्मला पन्तको ब’लात्कारपछि ह’त्या भएको घटनाको देशव्यापी विरोध हुँदा पनि अहिलेसम्म सरकारले दो’षी पत्ता लगाउन सकेको छैन । देशभरि यसरी द’ण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसको पहिलो शिकार महिला र बालबालिका नै हुने अन्तर्राष्ट्रिय अनुभवहरुले देखाएका कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेत्री सङ्गौलाले भन्नुभयो, “नेपालको संविधान २०७२ ले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको छ तर कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधिरहेका जनतालाई राहत दिने काम होस् वा शान्ति सुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको छ । यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख÷जेष्ठको मध्याह्न गर्मीमा शीतलताको अपेक्षा गर्नु जत्तिकै हो ।

sajha page

 

Related Articles

Back to top button