समाचार

आफुहरुको ज्यान खतरामा छ भन्दै ‘फोन गर्दा पुगेन प्रहरी : श्रीमतीको ज्यान गयो, श्रीमान गम्भिर….

रौतहट । आफुहरुको ज्यान खतरामा छ भन्दै एक दम्पत्तीले प्रहरीलाई फोनमा खबर गरे । तर प्रहरी पुग्नु अगावै एक हुल पुग्यो र उनीहरुलाई आ क्र म ण गर्यो । श्रीमानलाई बचाउन खोज्दा श्रीमतीको ज्यान गएको छ भने श्रीमान गम्भिर अवस्थामा अस्पतालमा उपचारार्थ छन् ।

रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी आ क्र म ण भएको हो । उनीहरुलाई गाउँकै युवाहरुले आ क्र म ण गरेका थिए । श्रीमानलाई बचाउन खोज्दा महेशकी श्रीमती जगरामी देवीको निधन भएको छ । उनीहरुलाई ४ जनाले आ क्र म ण गरेका हुन् ।

शुक्रवार साँझ देवाही गोनाही–५ का प्रजित मुखिया, सोनालाल मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आ क्र म ण गरेका हुन् । प्रजित र सोनालाल दाजुभाई हुन् । साँझ चिया खाएर गफ गर्दै बसेका उनीहरुलाई एक समुह पुगेर ध म्की दियो । उनीहरुको टोली गाउँतिर गएपछि ‘हामी खतरामा छौं’ भनेर दम्पत्तीले प्रहरीलाई फोन गरे ।

तर प्रहरी समयमा पुगेन । प्रहरी नपुग्दै त्यो समुह फेरी फर्केर आएर दम्पत्ती माथि आ क्र म ण गरेको हो । घटनामा संलग्नहरु अन्य ३ जना फ रा र छन् । गम्भीर घाइते भएका महेशको बिरगञ्ज स्थित एलएस न्युरो अस्पतामा उपचार भईरहेको छ । उनको अवस्था गम्भीर छ । घटनामा संलग्न मध्येका स्थानीय बली मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धीविक्रम शाहाले जानकारी दिएका छन् ।

असारमा मुखिया परिवार र दुवे परिवार बिच बाटोको निकाश निकाल्ने बारेमा विवाद भएको थियो । सो विवादमा दुवेको तर्फबाट अदालतमा महेश तिवारी साक्षी बनेका थिए । साक्षी बसेको विषयमा मुखिया परिवारले उनलाई ध म्की दिँदै आएको थियो । समाचार र तस्बिर रातोपाटीवाट लिइएको हो ।

nepali viral news

Related Articles

Back to top button