समाचार

 प्रधानमन्त्रीका निजी चिकित्सक समेतलाई कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत रहनुभएकी त्रिभुवन चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डीन दिव्या सिंह शाहलाई कोरोना भाइरस संक्रमण भएको छ ।

दुई दिनदेखि ज्वरो आउने, खोकी लागेपछि शुक्रबार पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सिंहले जानकारी दिनुभयो । केहीदिन देखि ज्वरो आउने, कमजोरी महसुस भएपछि आफुले पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभयो ।

स्वास्थ्यमा खासै समस्या नभएकाले आफु होम आइसोलेसनमा बसेको उहाँले बताउनुभयो । उहाँले अनसनरत डा. गोविन्द केसीलाई समेत भेट्नुभएको थियो । आफुले डा.केसीलाई आधा घण्टाजति भेटेको बताउँदै उहाँले भेटका क्रममा पूर्ण सावधानी अपनाएकाले आत्तिन नपर्ने सिंहको भनाई छ ।

सिंह वरिष्ठ मृगौलारोग विशेषज्ञ हुनुहुन्छ ।

health pati

Related Articles

Back to top button