समाचार

घरमा पैसा टिक्दैन ? ध्यानदिनुहोस् यी कुरा, हुनसक्छ यी ५ वास्तु दोषको कारण

काठमाडौँ । वास्तुशास्त्रका अनुसार दक्षिण, उत्तर, पूर्व र उत्तर पश्चिम दिशालाई पैसाको दिशा मानिने गरिन्छ। घरको यो क्षेत्रमा दोष वा गल्ती भएमा आर्थिक समस्या हुने वास्तुशास्त्रमा उल्लेख छ।

घरको यो क्षेत्रमा किचन, बेडरुम, ढोका, अध्यारो र लकर राख्दा यस्तो समस्या हुने गर्दछ। यसबाहेक यो क्षेत्रमा फोहोर र स्टोररुम राख्दा पनि आर्थिक संकट निम्तिन सक्छ। आज हामी घरमा हुने वास्तु दोष हटाएर आर्थिक संकट हुनबाट बचाउने केही उपायका बारेमा जानकारी दिदैछौँ।

ध्यानदिनुहोस् यी कुरा

१) वास्तुशास्त्रमा उत्तर पूर्व दिशालाई धन आगमनको दिशा मानिने गरिन्छ। यस दिशामा धेरै सामान अर्थात स्टोर रुम बनाउदा वा फोहोर राख्दा घरमा आर्थिक संकट आउने गर्दछ।२) उत्तर पश्चिम दिशालाई कहिलै अध्यारो राख्न हुँदैन्। यस दिशाको सिधा सम्बन्ध पैसामा पर्ने भएकाले अध्यारो राख्दा घरमा लक्ष्मीको वास नहुने धार्मिक विश्वास छ।

३) वास्तुशास्त्रका अनुसार दक्षिण दिशा यमको मानिने गरिन्छ। यस दिशामा ढोका वा लकर राख्दा वास्तुदोष हुने शास्त्रमा उल्लेख छ। यसो हुँदा घरमा लक्ष्मीको वास नहुने विश्वास छ।४) घरको मुख्य व्यक्तिको कोठा दक्षिण पूर्व दिशामा नहुँदा पनि घरमा आर्थिक समस्या हुने गर्दछ।५) उत्तर पूर्व दिशामा किचन राख्दा पनि घरमा आर्थिक समस्या हुने गर्दछ। यस दिशामा किचन राख्दा घरका सदस्य विरामी हुने वास्त्रमा उल्लेख छ।

Related Articles

Back to top button