सामान्य व्यक्तिले पनि किन्न सकिने, अचम्मले सस्तियो काठमाडौंमा जग्गा(पुरा विबरण हेर्नुहोस)
काठमाडौं उपत्यकाको चक्रपथभित्र मध्यमवर्गले घर किन्न सक्दैन । किनकि, जग्गाको भाउ अचाक्ली महँगिएको छ । चक्रपथभित्र जग्गाको सीमितता पनि छ । अहिले चक्रपथभित्र बनिसकेका घर किन्न पनि अढाई करोड रुपैयाँभन्दा बढी पर्छ । चक्रपथभित्र प्रतिआना ४० लाख रुपैयाँभन्दा कमको जग्गा पाउन मुस्किल छ । त्यसैले मध्यमवर्गले काठमाडौंमा घर बनाउनुपरेमा चक्रपथबाहिर जानुपर्छ ।
तर, बाहिरी चक्रपथ तथा बाहिरी र भित्री चक्रपथ जोड्ने लिंकरोड, फास्ट ट्र्याक, सुरुङमार्ग, चिनियाँ रेल, स्मार्ट सिटीलगायत परियोजनाको चर्चाले कुनाकाप्चासम्म जग्गाको मूल्य अचाक्ली बढेको छ । तैपनि, अझै चक्रपथबाट चार–पाँच किलोमिटर टाढा प्रतिआना २०–२५ लाखसम्ममा जग्गा पाइन्छ । प्रतिआना २० लाखको चार आना जग्गाको मूल्य ८० लाख पर्छ । एउटा परिवारमा ५–६ सदस्य हुन्छन् । त्यसका लागि १५ सय स्क्वायरफिटको घर बनाउनैपर्छ । प्रतिस्क्वायरफिटको ६ हजार रुपैयाँका दरले हिसाब गर्दा घर बनाउन करिब ९० लाख रुपैयाँ लाग्छ । चक्रपथबाहिर जग्गा किनेर घर बनाउँदा पनि एक करोड ७० लाख रुपैयाँ पर्न आउँछ ।
the times nepal