समाचार
सरकारले एसिड (तेजाब) आ’क्रमणको घटना बढेपछि, आ’क्रमण गर्नेलाई २० वर्ष कैद र १० लाख जरिवाना
काठमाडौं । सरकारले एसिड (तेजाब) आ’क्रमणको घटना बढेपछि नयाँ कडा भन्दा कडा सजाय हुने गरी अध्यादेश ल्याएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तेजावसम्बन्धी अध्यादेश पारित गर्दै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।
मन्त्रिपरिषद्को आज बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो । राष्ट्रपतिबाट यो अध्यादेश प्रमाणीकरण भएपछि कानूनका रुपमा कार्यान्वयनमा आउनेछ ।
फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाब फ्याँके, छर्किए, खन्याए वा प्रयोग गरी वा सेवन गराएर अङ्गभङ्ग र शारीरिक क्षति पुर्याउने व्यक्तिलाई २० वर्षसम्म कैद र दश लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ ।
sajha page