समाचार

कति निष्ठुरी दैब : ६ महिनाका बालक र परिवारका नौ जनाको सामूहिक दाहसंस्कार

पहिरोमा पुरिएर ज्यान गु’माएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसं’स्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दा’हसंस्कार गरिएको हो ।नौ जनालाई आठ वटा छुट्टाछुट्टै चि’ता बनाइएको थियो ।
६ महिनाका बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चि’तामा राखेर दा’हसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए । सबैजना एकैघरका भएकाले दा’गबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दा’गबत्ती दिए ।

‘पहिरोमा पु’रिएर ज्यान गुमाएका सबैको श’वलाई प्राथमिक अस्पताल वालिङमा पो’ष्टमार्टम गरेर रामनदीधामस्थित कालीगण्डकी नदीमा अन्तिम दा’हसंस्कार गरेका छौँ”, अध्यक्ष रनपालले भने । एकै परिवारका नौ जनाको एकैपटक दा’हसंस्कार गरिएको यो हृ’दयविदारक घ’टना नौलो भएको अध्यक्ष रनपालले बताए। दा’हसंस्कारका लागि घा’टमा पुगेका म’लामी तथा आफन्तजन निक्कै भा’ववि’ह्वल भएका थिए । घ’टनाले एकै परिवारका नौ जनाको ज्यान गएपछि अहिले गाउँ नै शो’कमा डुबेको छ ।

पहिरोमा पुरिएर जीवितै उद्दार गरिएकी १६ वर्षीया मनिषा नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । मनिषाको सम्पूर्ण उपचार खर्च वालिङ नगरपालिकाले जिम्मा लिने वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए। वालिङ नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घट’नामा परी ज्यान गु’माउनेप्रति श्र’द्धाञ्जलि तथा घा’इतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

maulakalaika news

Related Articles

Back to top button